काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुनको मुल्य तोलामा रु ५ सयले घटेको हो ।
हिजो (बिहीबार) तोलामा रु ८७ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मुलय आज (शुक्रबार) रु ५ सयले घटेर तोलाको रु ८६ हजार ७ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य तोलामा रु ८६ हजार २ सय ५० कायम रहेको महासंघले जनाएको हो । यता चाँदी भने तोलामा रु १२७५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।








