२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

चैत २६ देखि विराट गोल्डकप

चैत २६ देखि विराट गोल्डकप
अ अ+ अ-

मोरङ । प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट ९ रात्रिकालित बत्ती०का माध्यमबाट हुने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिनुभयो ।

छैटौँ संस्करणका रूपमा रहेको गोल्डकपमा नेपालका ‘ए’ डिभिजनसहित अफ्रिकन क्यामरुन र भारतका टोली सहभागी हुनेछन् । प्रतियोगितामा भारतको पञ्जाव पुलिस, झारखण्डको टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन टोली पहिलोपटक सहभागी हुँदैछन् भने नेपालका मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुसिल क्लब, सङ्कटा क्लब, राष्ट्रिय लिग विजेता टोली मच्छिन्द्र क्लब, गोर्खा ब्याइज, रुपन्देही र आयोजक विराटनगर–११ रहने ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले बताउनुभयो ।

गोल्डकप विजेता टोलीले रु १५ लाख १५ हजार र उपविजेता टोलीले रु सात लाख ५१ हजार नगद र आकर्षक शिल्ड प्राप्त गर्नेछन् । पाँचौँ संस्करण विजेताले रु १३ लाख पुरस्कार पाएको थियो भने उपविजेताले रु सात लाख प्राप्त गरेको थियो । प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई रु १५ हजार नगद रहेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ । प्रयोगिता राति ७ः०० बजेदेखि शुरू हुने तथा यसको टिकटदर रु दुई, तीन र चार सय रहेको छ ।