२ पुष २०८२, बुधबार
,
Latest
कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडी र प्रशिक्षकलाई दोबोक



अ+ अ-

काठमाडौं । कागेश्वरी तेक्वान्दो डोजाङका खेलाडीलाई शनिबार दोबोक (तेक्वान्दो खेल पोशाक) प्रदान गरिएको छ ।

सुमेरु ग्रुपका अध्यक्ष एवं नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले करिब ५० खेलाडी र १ प्रशिक्षकलाई दोबोक एक कार्यक्रमबीच प्रदान गरे । 

गागलफेदीको राम जानकी मन्दिरमा भएको कार्यक्रममा करिब ३५ हजार रुपैयाँ बराबरको दोबोक वितरण गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

एक महिनाअघि सञ्चालनमा आएको डोजाङमा प्रकाश श्रेष्ठले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।