२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६३.३८ अंक बढ्यो, नेपाल बङ्गलादेशको सर्वाधिक हिस्सा

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६३.३८ अंक बढ्यो, नेपाल बङ्गलादेशको सर्वाधिक हिस्सा
अ अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ६३.३८ अंकले बढेको छ । यो दिन शेयर बजार २.५६ प्रतिशत बढेर २ हजार ५३६.४६ विन्दुमा पुगेर बन्द भएको हो । 

त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि  ९.४४ अंक बढेर ४५३.५९ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स२ .१३ प्रतिशत बढेको हो । अघिल्लो कारोबार दिन बिहीबार १.७७ प्रतिशत अर्थात् ४२.४२ अंक बढेर २ हजार ४७५.०९ विन्दुमा पुगेर बन्द भएको बजार आइतबार २ हजार ४९४.४८ विन्दुदेखि खुला भएको हो । 

गत साताको तेस्रो कारोबार दिन मंगलबारदेखि उकालो लागेको बजारले यो साताको पहिलो दिन पनि निरन्तरता पाएको छ । यस दिन कारोबार रकम पनि बढेको छ ।गत बिहीबार रू. ४ अर्ब ६४ करोड ३३ लाख ७३ हजार बराबरको १ करोड ११ लाख ३० हजार १९६ कित्ता शेयर कारोबार भएको थियो । आइतबार भने रू. ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार बराबरको १ करोड २४ लाख ३० हजार २ कित्ता शेयर कारोबार भएको हो ।

यस दिन कुल कारोबार रकममा नेपाल बङ्गलादेश बैंकको सर्वाधिक हिस्सा रहेको छ । आइतबार नेपाल बङ्गलादेश बैंकको रू. ३९ करोड ९० लाख २२ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन बैंकको शेयरमूल्य पनि प्रतिकित्ता रू. ६ ले बढेर अन्तिम मूल्य रू. ३५५ कायम भएको छ । नबिल बैंकले प्राप्ति गर्ने हल्लाचलेसँगै देखिएको उक्त कम्पनीको शेयरप्रतिको उत्साह यो दिन पनि कायमै रहेको छ । नबिल बैंकले भने प्राप्तिको सम्बन्धमा कुनै पनि आधिकारिक निर्णय सार्वजनिक गरेको छैन । 

आइतबार २०६ वटा कम्पनीको कारोबार ८० हजार ९८६ पटकको व्यापारमा भएको हो । यस दिन कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेकोमा सर्वाधिक होटल्स तथा पर्यटन समूहको ५.३६ प्रतिशतले बढेको छ । 

त्यस्तै लघुवित्तको ५.७ प्रतिशत, निर्जीवन बीमा समूहको ४.५९ प्रतिशत, जीवन बीमाको ४.४४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३.१३ प्रतिशत, अन्यको २.९८ प्रतिशत, विकास बैंकको १.८५ प्रतिशत, बैंकिङको १.५१ प्रतिशत, लगानीको १.२९ प्रतिशत, म्युचुअल फण्डको १.२३ प्रतिशत, जलविद्युतको ०.६५ प्रतिशत, वित्तको ०.५६ प्रतिशत र व्यापारिकको ०.३६ प्रतिशत परिसूचक बढेको छ ।

उच्च अंकले बढेको बजारमा १० वटा कम्पनीको शेयरमूल्य पनि उच्च दरमा बढेको छ । यो दिन स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त र सूर्योदय लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै सामूदायिक लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत, समीट लघुवित्तको ९.९८ प्रतिशत, चन्द्रागिरी हिल्सको ९.९८ प्रतिशत, किसान लघुवित्तको ९.९७ प्रतिशत,स्वाभिमान लघुवित्तको ९.९६ प्रतिशत, युनाइटेड इदी मर्दीको ९.७९ प्रतिशत र सबैको लघुवित्त वित्तीय संस्थाको ९.१८ प्रतिशतले शेयरमूल्य बढेको हो ।

उच्च अंकले बढेको बजारमा ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड र खानीखोला हाइड्रोपावरको शेयरमूल्य भने ६ प्रतिशतभन्दा बढीले घटेको छ । ग्रीनलाइफ हाइड्रोपावरको ६ .०६ प्रतिशतले घटेर अन्तिम मूल्य रू. ३७२ र खानीखोला हाइड्रोपावरको ६.०२ प्रतिशत घटेर अन्तिम मूल्य रू. १२५ कायम भएको हो ।