९ भाद्र २०८३, मंगलवार
,
Latest
स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना प्रभाव: नेपालमा सभा, जुलुस र भीडभाड नगर्न आग्रह मन्त्रालयको आग्रह



अ+ अ-

काठमाडौं। नेपालमा कोरोना संक्रमण बढ्न सक्ने अबस्था देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड हुने कार्यहरु नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै छिमेकी देशहरुमा कोरोनाको संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने अबस्थालाई मध्यनजर गर्दै भीडभाड नगर्न अनुरोध गरेको हो । त्यसैले नेपालमा सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

साथै सामाजिक र भौतिक दूरी कायम गरि मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर आग्रह गरेका छन् ।




भर्खरै