१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व.राजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण



अ+ अ-

काठमाडौँ । स्व.राजा वीरेन्द्र शाहको ७९ औं जन्मजयन्ती मनाइएको छ । स्व. राजा शाहको ७९ औं जन्मजयन्तिको अवसर पारेर शनिवार ललितपुरको जावलाखेलमा रहेको उहाँको शालिकमा माल्यार्पणसहित श्रद्धासुमन व्यक्त गरेका हुन् ।

योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्, नेपाल विश्व हिन्दु महासंघ, श्री हनुमान आराधना मण्डल नेपालको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा स्व. राजा वीरेन्द्रको सम्पती नेपाल सरकारको मातहतमा रहेकाले सरकारले नै उहाँको जन्मजयन्ति मनाउनुपर्ने जिकिर गरेका छन् ।

नेपाल ट्रष्टको नाममा राजा वीरेन्द्र र उहाँको परिवारको सम्पती रहेकाले उसरकारले उहाँको जन्मजयन्ति मनाउनुपर्ने माग गर्नुपरेको योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शंकर पौडेलले बताउनु भयो ।

उहाँले भन्नुभयो‘नेपाल ट्रष्टले वीरेन्द्रको सम्पती लुटेर खाने काम गरिराखेको छ । यो अत्यन्तै निन्दनीय कार्य हो । विरेन्द्रको त्यो सम्पती न श्रुतिका छोरीहरुले पाए । न त्यसको हकदार ज्ञानेन्द्र शाहले पाए । यसरी नेपाल ट्रष्टको दुरुपयोग भएको छ ।

वीरेन्द्र–ऐश्वर्यको जन्मजयन्तिमा नेपाल ट्रष्टले एउटा माला समेत चढाउँदैन । त्यसमा पनि हामी आपत्ति प्रकट गर्दछौं । नेपाल ट्रष्टको निन्दा गर्दछौं । नेपाल ट्रष्ट सरकारले राजा वीरेन्द्रको सम्पत्ति लुटीखाने एउटा कम्पनीको रुपमा खडा गरेर ५ हजार भन्दा बढी रोपनी जग्गाहरु आफैँले दुरुपयोग गरेको देखिन्छ । त्यसैले नेपाल ट्रष्टले नै वीरेन्द्रको जन्मजयन्ति मनाओस् भन्ने हामी आग्रह गर्दछौं । ’

कार्यक्रममा स्व. राजा शाहको देशभक्तिको भावना, नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न पुर्याएको योगदानलगायतको पनि कार्यक्रममा स्मरण गरिएको थियो । विक्रम सम्वत २००२ साल पौष १४ गते अर्थात आजैकै दिन स्व.राजा वीरेन्द्रको जन्म भएको थियो । उहाँ र उहाँको परिवारको वंश विनाश २०५८ साल जेठ १९ गते भएको थियो ।