२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला क्रिकेट प्रतियोगिता हुने, विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार



अ+ अ-

ललितपुर मेयर महिला च्याम्पियनसिप प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउने भएका छन् । आइतबार नेपाल क्रिकेट संघ क्यान र ललितपुर महानगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशि सार्वजनिक गरेका हुन् । 

च्याम्पियनसिप प्रतियोगिता चैत २१ देखी २८ गते सम्म आयोजना हुँदैछ । प्रतियोगितामा प्रदेश १, विभागीय टोली एपिएफ, सुदूरपश्मि प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर महानगरपालिकाको टोलीले सहभागिता जनाउँदै छनन् । ट्वान्टी–२० संरचनामा आयोजना हुने प्रतियोगिताको उपविजेताले १ लाख ५० हजार पाउने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछ । 

यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने नेपाल क्रिकेट संघले बताएको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ । शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । कुल ७ खेल हुने प्रतियोगिताका लागि मुख्य प्रायोजक ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने भएको छ ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले खेलकुदलाई अगाडि बढाउनका लागि महानगरले सधै हातेमालो गरेर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो  ।