११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याको १ लाख ६० नाघ्यो



अ+ अ-

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । 

सोही अवधीमा यहाँँ ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार ७९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये तीन लाख ४५ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ८१ हजार २५३ जना संक्रमणमुक्त भएका छन् । 

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ८० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड  ५० लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । सोमबार एकै दिनमा १० लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ  । रासस/सिन्ह्वा