५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ दिने यात्रामा एमालेले मध्यपहाडमा देखेको समस्या र सम्भावना के के? पूर्णपाठ सहित



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) ले मंसिर १४ गतेबाट सुरु भएर पुस १ गते समापन भएको १८ दिने झुलाघाट चिवाभञ्ज्याङ: समृद्धिका लागि संकल्प यात्रा गर्‍यो ।

पार्टी अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाई मा भएको ३० जिल्लाको यात्रा पछि धरातलीय यथार्थलाई नजिकबाट बुझ्ने मौका मिलेको एमालेले जनाएको छ ।

पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको अध्यक्ष ओलीले बताउनु भयो । ओलीले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा देखिएका समस्या र मागहरूको अध्ययन, विश्लेषण गरी सम्बोधनका लागि पहल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो “समस्याका ती विषय राज्यको जुन तह–सङ्घीय, प्रादेशिक या स्थानीय तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौँ । तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौँ ।”

यात्राका क्रममा पहाडी बस्तीहरुमा बसाईँसराई ठूलो चुनौतिको रुपमा देखा परेको एमालेको निश्कर्ष रहेको छ । अधिकांशको जनसंख्यादर ऋणात्मक पाइएको गतिपय गाउँबस्तीहरु रित्तिँदै गएको र विद्यार्थी अभावका कारण विद्यालयहरु बन्द हुने अवस्थामा पुगेको पाइएको एमालले तयार गरेको प्रतिबेदनमा उल्लेख छ ।

झलुाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको संक्षिप्त जानकारी-

झुलाघाट-प्रेस-CleanUnicode111