२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी भारतमा चीसोसँगै वायु प्रदुषण बढ्यो



अ+ अ-

नयाँदिल्ली । भारतको उत्तरी भुभागमा बाक्लो कुहिरो तथा वायु प्रदुषणको प्रभाव बढ्न थालेपछि शनिबार राजधानी नयाँदिल्लीको आकाश र जमिनको दृश्य कमजोर बनेको छ । यहाँको तापक्रममा एक्कासी कमी देखिएको छ ।

भारतीय मौसम विभागका अनुसार न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस र पालममा १२.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

नयाँदिल्लीमा चिसो बढ्दा, न्यानोको लागि आगो बाल्ने र ताप्ने गरेका दृष्यहरू देखिएका छन् ।

चीसोका कारण बिभिन्न ठाउँमा स्थानीयहरू कम्बललगायतका लुगा ओढेर हिँडिरहेको देखिएको छ ।

साइकल चालक तथा पैदल यात्रामा निस्किएका स्थानीयले शनिबार तापक्रममा उल्लेख्य गिरावट आइ चिसो अत्याधिक बढेको बताएका छन् ।

स्थानीयले शनिबार एएनआईसँगको प्रतिक्रियामा भनेका छन्, “चिसो अत्याधिक भएकाले पैदल यात्रा गर्न गाह्रो भइरहेको छ । कुहिरो तथा प्रदूषणले नियमित पैदल यात्रामा समस्या बढेको छ । प्रदुषणका कारण हुने स्वास्थ्य समस्याहरूबाट बच्न मास्क लगाएर बाहिर निस्किरहेका छौ ।”

दिल्लीको समग्र वायु गुणस्तर सूचकाङ्क गुणस्तरीय मौसम पूर्वानुमान तथा अनुसन्धान प्रणाली अनुसार शनिबार बिहान ८:०७ बजे वायुको गुणस्तर ‘निकै खराब’ रेकर्ड गरिएको थियो ।

भारतको मौसम विज्ञान विभागका अनुसार बिहीबार राजधानीको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो ।

राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीले यसअघि उत्तरी भारतको न्यूनतम तापक्रम आगामी तीन दिनमा २–३ डिग्री सेल्सियसले बढ्न सक्ने बताएको थियो ।

बिहारका एक रिक्सा चालक महेश कुमारले बिहीबार एएनआईसँग कुरा गर्दै चिसो मौसमले आफ्नो दैनिक काममा असर गरिरहेको बताउनुभयो ।

“चिसोका कारण आज यात्रुहरू कम छन् । चिसोले हाम्रो सवारीसाधन भित्रै बस्न बाध्य तुल्याउँछ,” कुमारले भन्नुभयो ।

चिसो बढेसंगै हरियाणामा १५दिनका लागि विद्यालय बिदा

यसैबीच हरियाणा सरकारले शनिबार आगामी जनवरी १ देखि १५ सम्म सबै सरकारी तथा निजी विद्यालयहरूमा जाडो बिदा गर्ने घोषणा गरेको छ ।

हरियाणा मुख्यमन्त्री कार्यालयको आधिकारिक ट्वीटर अनुसार शीतलहर आउने सम्भावनालाई मध्यनजर गर्दै यो निर्णय आएको हो ।

प्रसासनका अनुसार “बढ्दो चिसोलाई ध्यानमा राख्दै, हरियाणा सरकारले सन् २०२४ जनवरी १–१५ सम्म राज्यका सबै सरकारी र निजी विद्यालयहरूमा जाडो बिदाको घोषणा गरेको छ । यस अवधिमा सबै विद्यालयहरू बन्द रहनेछन् ।”

सरकारले सबै जिल्ला शिक्षा अधिकारीहरू, जिल्ला प्राथमिक शिक्षा अधिकारीहरू तथा प्रधानाध्यापकहरूलाई हरियाणा सरकारले दिएको दिशानिर्देशन पालना गर्न आग्रह गरेको छ ।

पञ्जाब, हरियाणा–चण्डीगढ–दिल्लीका अधिकांश भागहरूमा न्यूनतम तापक्रम ४–८ डिग्री सेल्सियसको दायरामा रेकर्ड गरिएको भारतीय मौसम विभागले जनाएको छ ।

भारतीय मौसम विज्ञान विभागले आगामी २४ घण्टामा न्यूनतम तापक्रममा करिब २ डिग्री सेल्सियसले वृद्धि हुने जनाएको छ ।