४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

दशकमा पहिलोपटक सन् २०२३ मा चीनको वायु प्रदूषण झन खराब भयो– अध्ययन

दशकमा पहिलोपटक सन् २०२३ मा चीनको वायु प्रदूषण झन खराब भयो– अध्ययन
अ+ अ-

एजेन्सी । चीनको वायु प्रदूषण सन् २०२३ मा अझ खराब भएको शुक्रबार जारी एक अध्ययनमा बताइएको छ । एक दशकमा पहिलोपटक चीनको वायु प्रदूषण अझ खराब भएको हो ।

स्वतन्त्र अनुसन्धान सङ्गठन सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सिआरइए)को अध्ययनमा भनिएको छ, “सन् २०१३ मा चीनको ‘प्रदूषणविरुद्धको युद्ध’ को प्रारम्भ भएदेखि चीनको राष्ट्रिय औसत पिएम२।५ स्तर वार्षिकरूपमा बढेको सन् २०२३ पहिलो वर्ष हो ।”

अमेरिकी पर्यावरण संरक्षण एजेन्सीका अनुसार यदि पिएम२.५ कणहरू साससँगै शरीरभित्र गयो भने यसबाट गम्भीर स्वास्थ्य जोखिम हुनसक्छ । यसबाट मुटु तथा फोक्सोका बिरामीमा अकाल मृत्युका साथै सास फेर्न र अन्य स्वास्थ्य समस्या देखिन सक्छ ।

“प्रतिकूल मौसमको अवस्थाका अतिरिक्त मानवसृजित उत्सर्जनमा भएको समग्र वृद्धिले प्रदूषण स्तरलाई अझ बढाएको छ”, सिआरआइएले भनेको छ । राजधानी बेइजिङसहित चिनियाँ सहरहरू कुनै समय बाक्लो धुवाँका लागि बदनाम थिए । यसबाट ती सहरका बासिन्दाहरूलाई विशेषगरी जाडोयाममा त्रसित बनाएको थियो ।

यद्यपि सन् २०१५ मा शीतकालीन ओलम्पिक प्रतियोगिताको दाबीलाई जितेपछि चीनले ‘प्रदूषणविरुद्ध युद्ध’ को घोषणा गरेको थियो । चीनले दर्जनौँ कोइला खानी बन्द गरेको थियो र धेरै उद्योगहरूलाई सारेको थियो । यसबाट महत्त्वपूर्ण सुधार भएको छ तर हावाको गुणस्तर अक्सर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा तल रहेको छ ।

सिआरआइएले बेइजिङसहित ८० प्रतिशत प्रान्तीय राजधानीहरूमा एक वर्षअघिको तुलनामा सन् २०२३ मा पिएम२.५ को स्तर बढेको शुक्रबार बताएको छ । फिनल्यान्डस्थित स्वतन्त्र अनुसन्धान सङ्गठनले भनेको छ, “जुन क्षेत्रमा पिएम२.५ मापदण्ड पूरा गरिएको थिएन त्यहाँ जीवाश्म ऊर्जाको व्यापक प्रयोगको सङ्केत दिने कोइला र थर्मल विद्युत्को उत्पादनमा क्रमशः चार दशमलव चार प्रतिशत र चार दशमलव तीन प्रतिशतले बढेको छ ।”