६ पुष २०८२, आईतवार
,
Latest
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरीको चुचुरामा श्रीलंकाका विदेशमन्त्रीको सेल्फी-फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री आज काठमाडौँको एक प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरी पुग्नुभएको छ ।

आज अपरान्ह चन्द्रागिरी पुग्नुभएका परराष्ट्रमन्त्री साब्रीलाई चद्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुभएको थियो । साथै अध्यक्ष ढकालले मन्त्री साब्रीलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।

चद्रागिरी हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारका अनुसार परराष्ट्रमन्त्री साब्री खुलेको आकाश लहरै देखिएका सुन्दर हिमालका दृश्यले निकै मोहित हुनुभएका विदेशमन्त्री साब्री बिभिन्न स्थानमा सेल्फी खिच्दै रमाउनुभएको थियो ।

चन्द्रागिरि हिल्स दक्षिण एशियाकै एक महवपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको छ । सो हिल्समा केबलकार चढेर यसअघि पनि विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरु पुग्नुभएको छ ।

यसअघि यहाँ चिनियाँ विदेश मन्त्री वाङ यी पनि पुग्नुभएको थियो । विदेशमन्त्री यीले यहाँबाट केही तलसम्म ट्रेकिङ पनि गर्नुभएको थियो ।