४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

भारतमा कोरोना भाइरसबाट एकै दिनमा छको मृत्यु

भारतमा कोरोना भाइरसबाट एकै दिनमा छको मृत्यु
अ+ अ-

नयाँ दिल्ली । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ सम्बन्धी पब्लिक हेल्थ एड्भाइजरी करिब ७ महिनाअघि फिर्ता लिएको थियो तर भाइरस भने हटेको छैन । ओमिक्रोन भेरिएन्ट धेरै नयाँ सब भेरिएन्टमा परिणत भएको छ । पछिल्लो भेरिएन्ट जेएन.१ हो । यसले तीव्ररुपमा कोरोना केसहरू बढाएको छ ।

भारतमा कोभिड–१९ बाट बिहीबार केरलामा तीन, कर्नाटकमा दुई र पञ्जाबमा एक गरी छ जनाको मृत्यु भएको छ । भारतमा कोभिडका ५९४ नयाँ केस फेला परेको छ । मेपछि यो पछिल्लो सात महिनाको उच्च संख्या हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले कोभिड– १९ ले गम्भीर लक्षण वा मृत्यु ननिम्त्याउने बताएका छन् । परीक्षणमा पोजिटिभ देखिएका अधिकांशमा हल्का लक्षण मात्र देखिएका छन् ।

भारत सरकारले अहिलेसम्म कुनै ट्राभल एड्भाइजरी जारी गरेको छैन । साथै विमानस्थलहमा आरटी वा पिसिआर परीषण अनिवार्य गर्ने योजनासमेत बनाएको छैन । भारतलगायत धेरै देशमा कोरोनाका केस बढ्दै गएपछि विज्ञहरूले यसलाई नयाँ लहर भन्नुअघि अझै केही दिन कुर्नुपर्ने बताएका छन् । विज्ञहरुका अनुसार आत्तिनुपर्ने अवस्था छैन । डब्ल्यूएचओका पूर्व प्रमुख वैज्ञानिक डा सौम्या स्वामीनाथनले इन्फ्लुएन्जा ए (एच१एन१ र एच३एन२), एडेनोभाइरस, राइनोभाइरस र रेस्पिरेटरी सिन्सिटियल भाइरसका कारणले हुने श्वासप्रश्वासको संक्रमणले वर्षायाममा रोग निम्त्याउन सक्ने भन्दै यसको लक्षण कोभिड–१९ सँग मिल्दोजुल्दो रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रुघा र ज्वरो आएका सबैको परीक्षण गर्न सकिँदैन । श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग वा निमोनियाका कारण अस्पतालमा भर्ना भएका व्यक्तिहरूको मात्रै परीक्षण गर्नुपर्छ।” थोरै मानिसको परीक्षण गर्दा कोरोना संक्रमित बढ्दै गएको छ कि छैन थाहा पाउन गाह्रो हुन्छ । तर, केसहरू बढ्दै छ वा छैन भन्नेबारे भविष्यवाणी गर्ने तरिका छ। त्यो विधि हो–फोहोर पानी परीक्षण। ग्लेनेगल्स ग्लोबल हेल्थ सिटीका संक्रामक रोग विशेषज्ञ डा सुब्रमण्यम स्वामीनाथनका अनुसार धेरै देशमा फोहोर पानीको नमूना परीक्षण गरी कस्तो प्रकारको संक्रमण फैलिरहेको छ वा छैन भनी पत्ता लगाइन्छ। कोरोना खोपहरू गम्भीर रोगहरूबाट जोगाउन प्रभावकारी साबित भएका छन्, तर शरीरमा तिनीहरूको प्रभाव समयसँगै कम हुँदै जान्छ।

धेरैजसो मानिसलाई कोरोना लागेको छ वा कम्तिमा दुईवटा खोप लगाएका छ भने पनि फेरि संक्रमित भइरहेका छन्। यसैले डब्लुएचओले जेएन.१ भेरिएन्टलाई ‘भेरिएन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो द्रुत रूपमा फैलिन्छ। भारत लगायत धेरै देशहरूमा खोपको अद्यावधिक संस्करण पहिले नै उपलब्ध छ। एपोलो अस्पतालका सरुवा रोग विशेषज्ञ डा रामसुब्रमण्यमका अनुसार वृद्ध, कमजोर रोग प्रतिरोधी क्षमता भएका र कुनै गम्भीर रोग भएकाले बुस्टर डोज लिन आवश्यक छ।