११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना भाइरसबाट एकै दिनमा ५९ हजार भन्दा बढी सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा ५९ हजार ११८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 

गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । 

सोही अवधीमा यहाँँ कूल सङ्क्रमितमध्ये चार लाख २१ हजार ६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ६४ हजार ६३७ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा गत जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ५० भन्दा बढीले खोप लगाइसकेका छन् । 

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ८६ लाख तीन हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बिहीबार एकै दिनमा ११ लाख ७५६ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । रासस