८ भाद्र २०८३, सोमबार
,
Latest
छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल इतिहासमै सबैभन्दा महँगा खेलाडी बने विश्वविजेता कमिन्स



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ । अष्ट्रेलियाका विश्वविजेता कप्तान प्याट कमिन्स आईपीएल इतिहासमै सर्वाधिक महँगा खेलाडी बनेका छन् ।

उनलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाखमा टोलिमा भित्र्यायो । यसअघि १८.५० करोड मा बिक्रि भएका साम करन आईपीएलमा सर्वाधिक महँगा खेलाडी थिए ।

कमिन्सका लागि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच बोली युद्ध सुरु भएको छ । मुम्बईले २ करोडको आधार मूल्यबाट सुरु गरेको थियो, उनीहरूले ५ करोडसम्मको बोली लगाएका थिए । यहाँबाट बेंगलुरु र चेन्नईमा बोली युद्ध भयो । दुवै टोलीलाई कप्तान आवश्यक थियो । चेन्नईले १० करोड रुपैयाँसम्मको बोली लगायो ।

बैंगलोर र हैदरावादले २० करोड रुपैयाँसम्मको बोली लगायो । अन्ततः हैदरावादले उनलाई २०.५० करोडमा किनेको हो ।

कमिन्सको कप्तानीमा अष्ट्रेलियाले भारतलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।