६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग

डबली संस्कृति ब्युँताउन शम्भुजीतको सक्रियता, मेयर बालेनको साथ

डबली संस्कृति ब्युँताउन शम्भुजीतको सक्रियता, मेयर बालेनको साथ
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालको सांस्कृतिक राजधानी काठमाडौंमा कुनैबेला अत्यन्त लोकप्रिय रहेको ‘डबली संस्कृति’ ब्युँताउन छलफल सुरु गरेको छ ।

डबली संस्कृतिलाई पुनर्जागृत गरेर महानगरका चोकचोकमा नाटक र कन्सर्ट गर्ने बारेमा महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाबीच सोमबार छलफल समेत भएको छ । छलफलमा वरिष्ठ संगीतकार बास्कोटाले आफूले धेरैअघि सञ्चालनमा ल्याएको टेलिभिजन रियालिटी शो ‘प्रतिभाको डबली’लाई पुन: प्रारम्भ गर्न चाहेको र यसमा महानगरले सघाउनुपर्ने प्रस्ताव अघि सार्नु भएको थियो ।

यद्यपी गीत, संगीतप्रति विशेष चासो राख्ने महानगर प्रमुख बालेनले ‘रिभाइभ दबु’ नाम दिएर बाह्रै महिना नाटक र गीत प्रस्तुत गर्न सकिने सोच अघि सार्नु भएको छ । जसअनुसार काठमाडौंका स्थानीय कलाकार र राष्ट्रिय कलाकारलाई समेटेर कन्सर्ट गर्ने महानगरको तयारी छ ।

बाँस्कोटा गीतकार, संगीतकार मौलिक स्वर भएका गायक मात्र नभई विभिन्न रियालिटी सो को कुशल सञ्चालक, प्रस्तोता र मोडरेटरका रुपमा चिनिनुहुन्छ । बास्कोटाले तीन हजार बढी गीतमा संगीत दिनु भएको छ भने २५० भन्दा बढी चलचित्रमा पाश्र्व संगीतकारको भूमिका निर्वाह गर्नुभएको छ ।

बास्कोटाकै परिकल्पना र निर्देशनमा २०४४ सालमा पहिलो पटक गायन, नृत्य र बाद्यबाद्यनको रियालिटी सो सञ्चालन भएको थियो । नेपालको मौलिक सो का रुपमा सञ्चालन भएको कार्यक्रम केही समय पछि बन्द हुन पुग्यो । त्यस बेलासम्म अन्य मुलुकमा यस्ता सो हरुका बारेमा चर्चा परिचर्चा पनि भएको थिएन ।

प्रज्ञा प्रतिष्ठानको ओपन थियटर जसलाई पछि डबली नामकरण गरिएको स्थानमा अग्रज कलाकारहरुका सामुन्ने नवप्रतिभाहरुले आफ्नो प्रस्तुति दिने गरेका थिए । त्यस समयमा गायक हरिप्रसाद रिमाल, धर्मराज थापा, नारायण गोपाल, प्रेमध्वज प्रधान लगायतका चर्चित श्रष्टाहरुले स्वयं कार्यक्रम स्थलमै उपस्थित भएर नवकलाकारको मूल्याङ्कन गर्नु भएको थियो । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्थापना गर्नु भएको मह स्टुडियोमा प्रारम्भिक छनौट गरी छानिएका प्रतिभालाई प्रज्ञा प्रतिष्ठानको डबली, बसन्तपुर, पाटन कृष्ण मन्दिर, भक्तपुर दरबार क्षेत्रमा प्रदर्शन गर्ने गरिएको थियो ।

कार्यक्रम हेर्न उल्लेख्य मात्रमा उपस्थिति हुने गरेको थियो । अहिले यहि परम्परालाई ब्युँताउन महानगरपालीकाले पहल गरेकामा सर्वत्र चर्चा हुन थालेको छ ।