२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग अन्तिम १६ ड्रः कुन टिम कोसँग भिड्ने ?



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजानिक भएको छ । सोमबार साँझ सार्वजानिक ड्र अनुसार साविक विजेता म्यानचेस्टर सिटीले डेनिस क्लब कोपनहेगन एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै इंग्लिस प्रिमियर लिगको लिग लिडर आर्सनलले पोर्टोको सामना गर्नेछ ।

त्यस्तै १४ पटकको च्याम्पियन रियल मड्रिडले आरबी लाइप्जिग प्रतिद्वन्द्वी पाएको छ भने गत संस्करणकोउपविजेता इन्टर मिलानले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै, जर्मन महारथी बार्यन म्युनिखले इटालीको लाजियोसँग खेल्नेछ ।

प्रतियोगिताको पहिलो लेग १३ र १४ तथा २० र २१ फेब्रुअरी मा हुनेछन् भने दोस्रो लेग ५ र ६ तथा १२ र १३ मार्चमा हुनेछ । प्रतियोगिताको फाइनल जुन १ मा लण्डनको वेम्बली मैदानमा हुने छ ।

अन्तिम १६ को ड्रः

पोर्टो भर्सेस आर्सनल

नापोली भर्सेस बार्सिलोना

पिएसजी भर्सेस रियल सोसिडाड

इन्टर मिलान भर्सेस एट्लेटिको मड्रिड

पिएसभी आइन्डोभन भर्सेस बोरुसिया डर्टमण्ड

लाजियो भर्सेस बार्यन म्युनिख

कोपनहेगन भर्सेस म्यानचेस्टर सिटी

आरबी लाइप्जिग भर्सेस रियल मड्रिड