११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको आन्दोलन स्थगित

नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको आन्दोलन स्थगित
अ अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

सोमवार १३ औं दिनको दिनबाट उनीहरुले आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरेका हुन् ।

उनीहरुले आईतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग छलफल गरेसँगै हालका लागि आन्दोलन स्थ्गित भएको बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीसँगको भेटमा मन्त्री किराँतीले ग्राउण्ड ह्याडलिङको विषयमा मन्त्रीपरिषद्बाटै निर्णय हुने भएको प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित गरेको बताउनु भयो ।

उहाँले मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङलाई सुरक्षित गर्ने र निर्णय गर्दा मन्त्रीपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन गर्ने निर्णय भएको बताउनु भयो । मन्त्रालयले ग्राउण्ड ह्याडलिङको बारेमा नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको र ग्राउण्ड ह्याडलिङको विषय सरकारले स्वामित्व लिने प्रतिवद्धता जनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०८० मंसिर १५ गते नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा निर्णय गरेको थियो । इयु प्रतिवेदनलाई लिएर ब्ल्याक लिस्टबाट नेपालको हवाई क्षेत्र बाहिर निस्कन नसकेपछि उहाँहरुले वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ प्रतिष्पर्धाको आधारमा दिने भन्ने विषयको निर्णय गर्नुभयो । हामी २० गतेबाट हाम्रा तालुक निकायहरुलाई जानकारी गराइकन हामीले संयुक्त रुपमा वायसेवा निगममा कार्यरत चार वर्ट क्रियाशील ट्रेड युनियनहरुको संयुक्त ट्रेड युनियन संघर्ष समिति गठन गरेर आन्दोलन गरेका थियौँ । यस क्रममा सरोकारवाला पक्षसँग छलफल गरेका थियौँ ।’

‘१२ औं दिनमा सबैले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल गरेका थियौँ । यो विषयलाई स्वामित्व लिनेगरी कुरा गरिसकेपछि नेपाल वायुसेवा निगमले गर्दै आएको ग्राउण्ड ह्याडलिङको विषयलाई निर्णय गर्दा नेपाल सरकार मन्त्रीपरिषद्ले स्वामित्व लिनेछ, यो विषयमा कुरा गरेपछि हामीले केही लिखित कुरा दिनुस् भन्यौँ । त्यसपछि हामी यो कार्यक्रममो मोडालिटी चेन्ज गर्छौं भन्यौँ र उहाँले चिठी पठाउनु भयो र यो आन्दोलनलाई रोक्ने र नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङलाई सुरक्षित गर्ने र भोलि निर्णय गर्दा मन्त्रीपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन भनेका छौँ ।’

नेपाल वायुसेवा निगम माथि पटकपटक गरिने आक्रमण बन्द गर्न पनि उहाँले आग्रह गर्नुभयो ।