११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

नेपालको हवाई उडान कालोसूचिमा पर्नुको कारणबारे नेपाल एयरलाईन्ससँग छलफल गर्ने

नेपालको हवाई उडान कालोसूचिमा पर्नुको कारणबारे नेपाल एयरलाईन्ससँग छलफल गर्ने
अ अ+ अ-

काठमाडौँ । संसदीय समितिले नेपालको हवाई उडान युरोपियन युनियन (इयु) को कालो सूचिबाट हटाउने विस्तृत कार्ययोजनाबारे नेपाल वायुसेवा निगमसँग छलफल गर्ने भएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आईतवार सिंहदरवारमा बसेको बैठकले सो सम्बन्धि छलफल गर्नका लागि पुस ५ गते निगम पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।

निगम पदाधिकारीहरुले आज समितिको बैठकमा गरेको प्रारम्भिक बिफ्रिङ चित्तबुझ्दो नभएकाले पुन: छलफल गर्नका लागि पुस ५ गतेको बैठक बोलाइएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिनुभयो । निगमले नेपालको हवाई उडानलाई इयूको कालोसूचिबाट हटाउने सम्बन्धि विस्तृत योजना ल्याउनुपर्ने समितिको निष्कर्ष छ । निगमले नेपाल नागरिक उडड्यन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई दोष लगाउने भन्दा पनि आफूले जिम्मेवार ढंगले कार्ययोजना पेश गर्नुपर्ने बताउनु भयो ।

सभापति यादवले भन्नुभयो, ‘मन्त्रालय र क्यानको पार्ट हामी उनीहरुसँगै सोध्छौं । तपाई आफ्नो पार्टमा जुन तपाईको काम हो । त्यसको तयारी गरिसकेपछि हामी क्यान र मन्त्रालयलाईसँगै राखेर अब कसरी जाने भनेर सोध्छौं । तर अब तपाईहरुको पार्टबाट त तयारी गर्नुपर्‍यो नि । आफ्नो पार्टबाट गर्नुपर्ने काम त गर्नुपर्‍यो नि भन्ने कुरा हो । त्यसैले विषयहरु उठान भएको छ । अव खासगरी इयुको सवालमा मलाई लाग्छ–सम्माननीय प्रधानमन्त्रीजीले पनि चासो राख्नुभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञापनपत्र बुझाएको र अन्तर्राष्ट्रिय रुपमा चाँही नेपालको बेइजत हुने स्थितिमा पुगेको । जसरी अहिले कुरा आयो नि नेपाल एयरलाईन्स सिंगल बोडी हो । अरु पनि जोडिएको हो । तर नेपाल एयरलाईन्सले त्यो सेफ्टी पार गरेको भए कम्तिमा या एयरलाईन्स त युरोप जान पाउथ्यो नि ।’

‘अरु डोमेस्टिकहरुको कुरा आफ्नो होला । त्यो हामी क्यानसँग कुरा गरौँला । त्यसैले मेरो स्पष्ट यहाँहरुसँग कुरा के हो भने तपाईले आफ्नो पार्टमा मैले यो यो गरेँ । अब मैले आफ्नो तर्फबाट सबै जिम्मेवारीहरु पूरा गरेँ । मेरो बलबुँताले भ्याएसम्म यो गरेँ । अरु मन्त्रालय र क्यानको बारेमा हामी उनीहरुसँगै हिसाव मागौला । त्यसपछि मात्रै हामी अरु विषयमा छलफल गरौला । जहाज खरिददेखि लिएर म्यानेजमेन्टका अरु विषयहरुमा कुरा गरौँला । पहिला यो विषयमा तपाईहरु तयारीका साथ बुँदागत हिसावमा आउनु पर्‍यो । अब यो पहिले जस्तो हामी कुरा धेरै गर्ने तर रिजल्ट नआउने अवस्था हुनुहुन्न । त्यसैले अब ५ गते ११ बजे डकुमेन्टसहित तपाईहरुको फुल टिम आउनु होला ।’

बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले इयूको प्रतिवेदनमा औल्याइएको विषयलाई हल गरेर त्यसको कालो सूचिबाट नेपालको हवाई उडानलाई हटाउनका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणको नेतृत्वमा सबै हवाई उडान प्रदायक संस्थाहरुले मिलेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगम एक्लैको कारणले नेपालको हवाई उडान क्षेत्रलाई इयुले कालोसूचिमा यस वर्ष पनि राखेको भन्ने कुरा साँचो नभएको जिकिर समेत गर्नुभयो । कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडानको क्षेत्रमा संरचनागत सुधारको पक्षलाई पनि इयुले औंल्याएको उल्लेख गर्दै ती समस्याको समाधान नेपाल नागरिक उडड्यन प्राधिकरण –क्यान)को नेतृत्वमा मात्रै सफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो चाँही नेपाल वायु सेवा निगमको कमीकमजोरीको कारणले ब्ल्याकलिष्टबाट हटेन भन्ने म्यासेज आएपछि हामी स्तब्ध भयौं । तर वास्तविकता त्यो थिएन । पहिला हामीले बाहिर बोल्नु भन्दा पनि इयूको रिपोर्ट नै हेर्‍यौं । सो रिर्पोटमा पनि त्यस्तो थिएन । हाम्रा ३ वटा कुराहरु औल्याएको छ सुधार गर्नुपर्ने भनेर । र, क्यानको विषयमा पनि ५/७ वटा बुँदाहरु औंल्याएको छ । र, गम्भिर विषयहरु सिभिल एभिएशनको बारेमा छ । त्यो कुराहरुको बारेमा इयूको रिर्पोटनै हजुरहरुलाई बाढौँला । त्यसबाट अध्ययन गर्‍यो भने थाहा हुन्छ । र, यो विषय बस्तु कस्तो हो भने सिभिल एभिएशन नियमक निकाय भएको हुनाले उसैको अगुवाईमा एयरलाईन्सहरुलाई पनि समेटेर लगेर बाँकी भएका समस्याहरुको पनि समाधान गर्दै जानुपर्ने हो । तर एकले अर्कालाई दोषारोपण गरेर समस्याको समाधान हुँदैन । अधिकांश समस्याहरुको समाधान भइसकेको छ । केही संरचनागत सुधारका कुराहरु छन् । यसलाई पनि सिभिल एभिएशन र एयरलाईन्सहरुले मिलेर अघि बढे यो ब्ल्याकलिष्टबाट चाँडै नै हट्छ भन्नेमा निगम विश्वस्त छ ।’

कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडान इयुको कालोसूचिमा पर्नुमा क्यानमाथि पनि प्रश्न औंल्याएको आरोप लगाउनु भयो ।