११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

न्यायाधीशका कारण निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्छु: प्रस्तावित न्यायाधीश पोखरेल

न्यायाधीशका कारण निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्छु: प्रस्तावित न्यायाधीश पोखरेल
अ अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका प्रश्तावित न्यायाधिश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।

सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत गर्दै प्रश्तावित न्यायाधीश पोखरेलले न्यायाधीशको समयको कारणले निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो । उहाँले न्याय सम्पादन गर्दा पहिलो प्राथमिकता राज्यलाई, दोस्रो प्राथमिकता व्यक्तिलाई र तेस्रो प्राथमिकता सरकारलाई दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले न्याय सम्पादनका क्रममा आफु समक्ष आएका विवादलाई नपन्छाउने बताउनु भयो । त्यस्तै, कसैप्रति पूर्वाग्रह नराखी, संविधान कानून र न्यायका मान्यताहरुका आधारमा निर्णय लिने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले आफ्नो न्यायिक मन र विवेकमा प्रश्न उठाउने वातावरण नबनाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘न्याय सम्पादनका क्रममा देहायका आधारमा कहिल्यै विचलित नहुने भन्ने म प्रतिवद्धता गर्न चाहन्छु : नेपालको संविधान, कानुन, विधिशास्त्रिय मान्यता, सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र असल अभ्यास् । नागरिकका आधारभुत र मौलिक हक प्रत्याभुत गर्ने सवालमा राज्यले अन्तर्राष्ट्रिय मञ्चमा जनाएको प्रतिवद्धता, सर्वोच्च अदालतबाट निरन्तर कार्यान्वयनमा रहेको रणनीतिक योजनाको लक्ष्य, न्यायाधीशको पेशागत आचारसंहिता, न्यायिक नेतृत्वले लिएको लक्ष्य र प्राप्त सुझाव, आम नागरिकको न्यायमा पहुँच पुर्‍याउन सक्ने असल अभ्यास, संविधानमा प्रचलित कानूनले कोरिदिएको सिमा, पेशी तोकिएको मुद्दामा न्यायाधीशको समयको कारणले निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य र न्याय सम्पादन गर्दा पहिलोमा राज्य, त्यसपछि व्यक्ति र त्यसपछि सरकारलाई प्राथमिकतामा राखिनेछ र यो तीनैवटा सबको समान दूरीमा राखेर मुद्दाको सुनुवाई गरिनेछ भन्ने कुराको प्रतिवद्धता जारी गर्न चाहन्छु ।’

‘न्याय सम्पादनका क्रममा आफू समक्ष आएका विवादलाई नपन्छाई, कसैप्रति पूर्वाग्रह नराखी, संविधान कानून र न्यायका मान्यताहरुका आधारमा निर्णय लिनेछु भन्ने कुरामा दृढ छु । न्यायाधीशको निर्णयबाट एउटा पक्षको हार र अर्को पक्षको जितको अवस्था स्वभाविक हुन्छ । यो जित र हारको अवस्था न्यायाधीशको ईच्छामा नभई संविधान, कानून र प्रमाणको आधारमा तय हुन्छन् भन्ने अनुरोध गर्न चाहन्छु । यस्तो अवस्थामा मुद्दाका पक्षहरुले न्याय सम्पादन गर्ने न्यायाधीशमाथि न्यायिक मन र विवेकमा प्रश्न उठाउने वातावरण बन्न हुन्न भन्ने म सदैव सचेत रहन चाहन्छु । यस्तो अवस्था आइहाल्यो भने न्यायको संरक्षण गर्नु जनप्रतिनिधिमुलक संस्था, संसद र राज्यको चौथो अंगको रुपमा रहेको प्रेस जगतको पनि दायित्व हो भन्ने मलाई लागेको छ । यस समितिले न्यायाधीशको रुपमा मेरो नाम अनुमोदन गरेमा नेपालको संविधान, कानूनले अंगिकार गरेको मुल्य र मान्यतालाई शिरोधार्य गरी सर्वोच्च अदालतको न्यायाधीशको रुपमा न्यायाधीशको भुमिकामा दृढ निश्चयी भइ काम गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । न्यायपालिकाको जनआस्था अभिवृद्धि र देखिने किसिमले न्याय सम्पादन गर्दै न्यायको स्वच्छता र निष्पक्षताको कसिमा अब्बल साबित हुने इमान्दार प्रयास गर्नेछु ।’

प्रश्तावित न्यायाधीश पोखरेलले संविधान, कानुनले अंगिकार गरेको मुल्य र मान्यतालाई शिरोधार्य गरी काम गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले न्यायपालिकाको जनआस्था अभिवृद्धि र देखिने किसिमले न्याय सम्पादन गर्दै न्यायको स्वच्छता र निष्पक्षताको कसिमा अब्बल सावित हुने इमान्दार प्रयास गर्ने पनि उल्लेख गर्नुभयो ।