२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरलामा कोभिडको नयाँ भेरियन्ट फेला, भारतमा एकै दिन ५ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतमा फेरि एकपटक कोभिड–१९ का केसहरू बढ्न थालेका छन् । कोरोनाको जेएन-वान नयाँ भेरियन्ट केरलामा फेला परेको छ ।

जसका कारण आइतबार चार जनाको मृत्यु भएको थियो । यूपीमा पनि एक कोभिड पोजिटिभ व्यक्तिको ज्यान गएको छ । यद्यपि, ती रोगी जेएन-वान भेरियन्टबाट संक्रमित थिए या थिएनन् भन्ने पुष्टि भएको छैन ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा आइतबार ३३५ नयाँ कोभिड-१९ मा सङ्क्रमण भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १,७०१ पुगेको बताएको छ ।

कर्नाटक सरकारले सब भेरियन्ट जेएन-वान बारे अलर्ट जारी गरेको छ । केरलामा स्वास्थ्यमन्त्री वीणा जर्जले भनिन्– चिन्ता लिनु पर्दैन । हामीले निरन्तर अनुगमन गरिरहेका छौँ ।

आईसीएमआरका महानिर्देशक डा राजीव बहलका अनुसार केरलाको तिरुवनन्तपुरममा डिसेम्बर ८ मा यो केस आएको थियो । जब ७९ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको थियो । महिलामा इन्फ्लुएन्जा जस्तो रोगको हल्का लक्षणहरू थिए । तर पछि उनी कोभिड-१९ बाट निको भइन् ।

भारतमा कूल कोरोना संक्रमितको संख्या ४ करोड ५० लाख नाघेको छ । योसँगै भाइरसबाट निको हुनेको संख्या बढेर ४.४४ करोड (४,४४,६९,७९९) पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा निको हुने दर ९८.८१ प्रतिशत रहेको छ । कोभिड–१९ का कारण भारतमा अहिलेसम्म ५ लाख ३३ हजार ३१६ जनाको मृत्यु भएको छ ।