२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

कतारमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने

कतारमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने
अ अ+ अ-

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ ।

पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र दक्षिण कोरियामा फेरि कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको हो । 
 
सङ्क्रमण बढेसँगै सम्बन्धित मुलुकले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न थालेका छन् । सन् २०२० मा कोरोनाबाट आक्रान्त भएका ती मुलुकमा वर्षान्तसँगै कोरोना सङ्क्रमण कम भएको थियो । गन्तव्य मुलुकले कोरोनाविरुद्धको खोप कार्यक्रम चलाइरहेका भए पनि सङ्क्रमण फैलने दर अझै नियन्त्रणमा आएको छैन । 
 
कतारले सङ्क्रमण पूर्णरुपमा नियन्त्रणमा नआएको भन्दै त्यहाँको ‘सुप्रिम कमिटी फर क्राइसिस म्यानेजमेन्ट’ को सिफारिशमा आजदेखि लागू हुने गरी ३३ बुँदे विशेष निर्देशन जारी गरेको छ । उक्त निर्देशन बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । 
        
कतार सरकारको निर्देशनानुसार अब कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीले बैठक गर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण  प्रक्रिया अवलम्बन गर्नुपर्ने, अनावश्यक रुपमा सामाजिक भेटघाट नगर्ने र घरभित्र वा बन्द स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । 
 
सबै सार्वजनिक पार्क, सार्वजनिक स्थानलगायत सार्वजनिक स्थल आजदेखि नै बन्द गरिएको छ । ती स्थानमा एकै परिवारका दुई जनाभन्दा बढी जान नपाउने निर्देशन कतार सरकारबाट जारी भएको दूतावासले जनाएको छ । कोरोनाको जोखिम बढेसँगै कतारले व्यापारिक भवनमा हुने क्रियाकलापलाई ३० प्रतिशतमा सीमित गरेको छ । बाह« वर्षभन्दा कम उमेरका बालबालिकालाई त्यस्तास्थलमा जान बन्देज लगाइएको छ । सवारी साधन प्रयोग गर्दा मास्क अनिवार्य गरिएको छ । एउटा सवारी सधानमा चालकसहिच चार जनाभन्दा बढी यात्रा गर्न नपाइने व्यवस्था रहेको पनि दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको कोरोनाको जोखिम विश्लेषण गर्ने मोबाइल एप्लिकेसन हुनैपर्ने व्यवस्था रहेको दूतावासले जनाएको छ । दूतावासले कतार सरकारले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न त्यहाँ रहेका नेपाली समुदायमा आह्वान गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न तथा नियमको उल्लंघनबाट भोग्नुपर्ने दण्ड जरिवानाबाट समेत जोगिन दूतावासले अपिल गरेको छ । कतारमा विभिन्न पेसा, व्यवसायमा संलग्न नेपालीको ठूलो सङ्ख्या रहेको छ । 
 
पछिल्ला केही दिनयता छिमेकी भारतमा पनि कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ । कोरोना सङ्क्रमण रोक्न भारतका केही राज्यले कडाइ गरेसँगै त्यहाँ कार्यरत नेपाली स्वदेश फर्कने क्रम बढेको छ । केही राज्यमा लकडाउन गरिएसँगै आर्थिक क्रियाकलाप खुम्चिएको छ । कतिपय नेपालीले अस्थायी रोजगारी गुमाएका छन् । सीमा नाकाबाट भित्र्ने नेपालीको लर्को लाग्न थालेको छ ।