१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रिम बुकिङमा शाहरुखको ‘डंकी’ले प्रभासको ‘सालार’लाई पछार्यो



अ+ अ-

एजेन्सी । यो क्रिसमसमा चलचित्र प्रेमीले दुई ठूला चलचित्र हेर्ने मौका पाउनेछन् । २१ र २२ डिसेम्बर, यी दुई यस्ता मितिहरू हुन् जसलाई फ्यानहरु क्रिसमस भन्दा बढी पर्खिरहेका छन् ।

एकातिर शाहरुख खानको ‘डंकी’ रिलिज हुँदैछ भने अर्कोतर्फ साउथ सुपरस्टार प्रभास फिल्म ‘सालार’ लिएर हलमा प्रवेश गर्दैछन् । दुवै चलचित्रको अग्रिम बुकिङ सुरु भइसकेको छ, जसमा उनीहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

‘सालार’ फिल्मका निर्देशक ‘केजीएफ’ फेम प्रशान्त नील हुन् । यस फिल्ममा फ्यानले उनको विद्रोही अवतार एकपटक फेरि हेर्न पाउनेछन् । यो एक एक्सन प्याक प्यान इन्डिया फिल्म हो, जुन २२ डिसेम्बरमा रिलिज हुँदैछ ।

फिल्मले ओपनिङ दिनको अग्रिम बुकिङमा राम्रो कलेक्सन गरेको छ । फिल्मले सबैभन्दा धेरै कमाई तेलुगु भाषाबाट गरेको छ । रिपोर्ट अनुसार सालारले अहिलेसम्म २.३५ करोड कमाइसकेको छ ।

राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ डिसेम्बर २१ मा रिलिज हुँदैछ । भारतमा यो फिल्म हिन्दी भाषामा मात्रै रिलिज हुनेछ । एउटै भाषामा रिलिज भए पनि फिल्मले अग्रिम बुकिङमा तरङ्ग बनाएको छ ।

आइतबार साँझसम्म फिल्मको ८४ हजार ३८८ टिकट बिक्री भइसकेको छ । योसँगै फिल्मको कुल कलेक्सन २.६८ करोड पुगेको छ । यो कलेक्शन ५१६३ शोहरूको लागि बेचेको टिकटहरूमा आधारित छ ।