• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

राष्ट्रियसभा चुनावमा चित्त नबुझाए ‘कोशी विद्रोह’ गर्ने शेखर समूहको तयारी



काठमाडौँ । नेपाली काँग्रेसमा ‘कोशी विद्रोह’ पुन: दोहोरिने संकेत देखिएको छ । कोशी प्रदेशमा सभापति शेरबहादुर देउवाको आदेश विपरीत केदार कार्कीलाई मुख्यमन्त्री बनाउन काँग्रेसको इतर पक्षका नेता शेखर कोइरालाको समूह एमालेसँग मिलेको थियो । त्यस्तै विद्रोह आसन्न राष्ट्रियसभा निर्वाचनमा पनि गर्ने तयारी सो समूहले गरेको थाहा भएको छ । हालै बसेको शेखर समूहको अलग्गै बैठकमा यस विषयमा छलफल समेत भएको एक सदस्यले न्युजपोलारलाई जानकारी दिए ।

ती सदस्यका अनुसार सो भेलापछि पनि नेताहरु शेखर र गगन थापा पुन: बसेका थिए र यस विषयमा आवश्यक छलफल पनि गरेका थिए । अहिलेलाई विद्रोह नै नगर्ने तर आगामी सो निर्वाचनमा खाली रहेका २० मध्ये काँग्रेसले १० सिट लिनुपर्ने  (राष्ट्रपतिबाट मनोनित एक समेत गरी)   र शेखर समूहको सिफारिशका ५ जनालाई पार्टीले टिकट दिनुपर्ने उनीहरुको सर्त रहेको छ । यदि त्यसो भएन भने आफ्नो पक्षका उम्मेदबारलाई मात्र भोट दिने र बाँकीमा विद्रोह गर्ने तयारी शेखर समूहको रहेको ती सदस्यको भनाई छ ।

तर यता देउवाले भने शेखर समूहका लाई तीन सिट दिने र ती तीनमा पनि शेखरका खास एकजना र बाँकी दुई जना दुवैतर्फका साझा जस्ता व्यक्तिलाई दिने रणनीति देउवा पक्षको छ ।देउवाले कोशीबाट कृष्ण सिटौला , गण्डकीबाट गोपालमान श्रेष्ठ तथा बाग्मतीबाट अरुण कुमार सुबेदीलाई उम्मेदबार बनाउने तयारी गर्नुभएको जनाईएको छ । देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहनु भएका सुवेदीलाई शेखरको कोटामा राख्ने तयारी गर्नुभएको छ ।  यो थाहा पाएको शेखर समूह त्यो हुन नदिने अडानमा देखिएको छ ।

विद्रोहको मोडलका बारेमा छलफल जारी रहेको पनि थाहा भएको छ । शेखर समूहमै यस विषयमा छलफल भएको बताइएको छ । विद्रोहको मोडल अन्तर्गत आफ्ना उम्मेदबारलाई मात्र भोट दिएर खाली छोड्ने कि एमालेसँगै मिलेर कोशीको जस्तै विद्रोह गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । यदि एमालेसँग मिल्ने हो भने एमालेले शेखरका उम्मेदबारलाई भोट दिने र शेखर समूहका मतदाताले एमाले उम्मेदबारले भोट दिने हुनसक्छ । तर यो मोडालिटी भने निश्चित भएको छैन ।

राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनकै तर्फबाट उम्मेदबार बन्ने भने निश्चित भएको छ । सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच यस विषयमा पटक पटक कुराकानी भएको छ । काँग्रेसले १० सिट लिएर माओवादीलाई ५ दिने प्रस्ताव देउवाको रहेको बुझिएको छ । त्यस्तै माधव नेपाललाई दुई सिट र अरु तीन सिट बाँडफाँट हुने प्रारम्भिक सहमति भएको बुझिएको छ ।

आसन्न निर्वाचनका बारेमा विवाद हुने र बैठकमा असहमतिका स्वरहरु राख्दा विद्रोह हुनसक्ने ठानेर नै सभापति देउवा अर्थात् संस्थापन पक्षले महासमिति बैठक सारेको अनुमान यसअघि नै गरिएको छ । पछिल्लो समयमा शेखर समूहमा गगन र विश्वप्रकाश विश्वासिलो रुपमा भित्रिएपछि देउवालाई आगामी दिनमा हम्मे हम्मे पर्न सक्ने देखिएको छ । उनीहरु पार्टीको संसदीय दलको नेता फेर्ने अभियानमा लागि नै सकेकाले देउवा पक्षकालाई समस्या पर्ने देखिएको हो ।