२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच पटक च्याम्पियन बनाउने रोहित शर्माले किन गुमाए मुम्बईको कप्तानी ?



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को मिनी अक्सन हुनुअघि मुम्बई इन्डियन्सले सबैलाई चकित बनाएको छ । इन्डियन प्रिमियर लिगको १७ औं सिजनका लागि पाँच पटकको च्याम्पियन मुम्बईले रोहित शर्माबाट कप्तानी हार्दिक पाण्ड्यालाई सुम्पेको छ ।

रोहितले आफ्नो कप्तानीमा मुम्बईलाई यस लिगको सबैभन्दा सफल टोली बनाए । जसका कारण रोहितको हातबाट कप्तानी खोसिने निर्णयले सबै अचम्ममा परेका छन् ।

रोहित शर्माको कप्तानीमा मुम्बई इन्डियन्सले पछिल्लो पटक सन् २०२० मा आईपीएलको उपाधि उचालेको थियो । यसपछि टोली आईपीएल २०२१ मा समूह चरणबाटै बाहिरिएको थियो । २०२२ मा टोलीको अवस्था अझ खराब थियो र मुम्बईले टूर्नामेंटमा तलको स्थानमा समाप्त गर्यो ।

पछिल्लो सिजन अर्थात २०२३ मा, टोलीले दोस्रो क्वालिफायरसम्म यात्रा गरेको थियो, जहाँ हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले मुम्बईलाई हराएको थियो ।

अर्थात् पछिल्लो तीन सिजनमा मुम्बईको प्रदर्शन खासै राम्रो रहेन । तर, रोहितको कप्तानीलाई दोष दिनु गलत हुनेछ किनभने पछिल्ला एक–दुई सिजनमा मुम्बईको टोलीले लिलामीमा बलियो टोली मैदानमा उतार्न सकेन ।

सन् २०२३ को विश्वकपको फाइनलमा भारतको हारपछि रोहित शर्मा निकै दुखी छन् । उपाधि खेल हार्दा मात्र रोहितको आँखामा आँसु देखियो । यस्तो अवस्थामा मुम्बई इन्डियन्सको कप्तानी छाड्ने निर्णय रोहितले नै लिएको हुनसक्ने अनुमान गरिएको छ ।

रोहित ३६ वर्षका छन् र विगत १० वर्षदेखि मुम्बईको नेतृत्व सम्हाल्दै आएका छन् । यस्तो अवस्थामा टोलीको भविष्यलाई ध्यानमा राख्दै रोहितले मुम्बईको कप्तानी हार्दिक पाण्ड्यालाई दिने निर्णय गरेको पनि हुनसक्छ ।

रोहित सन् २०११ मा मुम्बईको टोलीमा सामेल भएका थिए र २०१३ मा उनलाई टोलीको नेतृत्व सुम्पिएको थियो । रोहितले यसै वर्ष पहिलो पटक आईपीएलको उपाधि टोलीलाई दिएका थिए । यसपछि सन् २०१५, २०१७, २०१९ र २०२० मा रोहितको कप्तानीमा मुम्बईले आईपीएलको उपाधि जितेको थियो ।