१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

विल गेट्स सिनियर अवार्डबाट सरसफाइ अभियन्ता श्रेष्ठ सम्मानित,१ करोड ३२ लाख राशीको पुरस्कार



अ+ अ-

काठमाडौं । ‘विल गेट्स सिनियर अवार्ड २०२३’ बाट वातावरण तथा सरसफाइ अभियन्ता डा. रोशन राज श्रेष्ठ सम्मानित हुनुभएको छ ।

विल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनको संसारभर कार्यरत ३ हजार भन्दा बढी कर्मचारी मध्येबाट डा. श्रेष्ठ सर्वोत्कृष्ट हुन सफल हुनुभएको हो । सुरुमा ३ हजार कर्मचारी मध्येबाट उत्कृष्ट २५ कर्मचारी छानिएको थियो । उत्कृष्ट २५ मध्येबाट डा. श्रेष्ठलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो।

अमेरिकामा आयोजित विशेष कार्यक्रममा फाउन्डेसनका संस्थापक विल गेट्सले सो अवार्डको घोषणा गर्नुभयो । १ लाख डलर (करिब १ करोड ३२ लाख रुपैयाँ) राशीको अवार्ड डा. श्रेष्ठलाई प्रदान गरिएको हो । अहिले खानेपानी र सरसफाइ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा अफ्रिकाको रुवाण्डामा रहनुभएका रोशन श्रेष्ठले भर्चुअल माध्यम मार्फत सम्मान ग्रहण कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।

वातावरण, सरसफाइ तथा जनस्वास्थ्य क्षेत्रमा डा। रोशन श्रेष्ठको ३५ बर्ष भन्दा लामो अनुभव छ । सन् १९९० ताका वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) स्थापना गरेर कार्यकारी निर्देशकको रुपमा काम गर्नु भएका श्रेष्ठले सन् २००५ मा संयुक्त राष्ट्रसंघ मार्फत विभिन्न देशमा सेवा गरिसक्नु भएको छ ।

सन २०१२ देखि हालसम्म डा. श्रेष्ठ विल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमा डेपुटी डाइरेक्टरको रुपमा कार्यरत हुनुहुन्छ ।