२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा

राजघराना त्याग गरेका बेलायती राजकुमार ह्यारीले सुरु गरे नयाँ जागिर

राजघराना त्याग गरेका बेलायती राजकुमार ह्यारीले सुरु गरे नयाँ जागिर
अ अ+ अ-

एजेन्सी । बेलायती राजकुमार ह्यारीले अमेरिकामा नयाँ जागिर सुरु गरेका छन् । राजघराना त्याग गरेका ह्यारीले क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा जागिर सुरु गरेका हुन् । 

उनलाई कार्यकारी अधिकृतको जिम्मा दिइएको छ । स्टार्टअप कम्पनी बेटरअपमा उनी चिफ इम्प्याक्ट अफिसरको पदमा भर्ना भएका हुन् । बेटरअप कम्पनी तथा राजकुमार ह्यारीका प्रवक्ता समेतले उक्त कुराको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

बेटरअपले ग्राहकहरुलाई प्रशिक्षण तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीको वेबसाइटमा ह्यारीलाई कम्पनीको नेतृत्व तहमा सूचिकृत गरिएको छ । जहाँ उनको बारेमा उल्लेख गर्दै उनी मानवतावादी, सैनिक भेट्रान, मानसिक स्वास्थ्य पैरवीकर्ता तथा वातावरणकर्मी भएको बताइएको छ ।

राजपरिवारका रुपमा रहँदा भोग्नुपर्ने मानसिक तनाव र त्यसले मानसिक स्वास्थ्यमा पार्ने प्रभावका विषयमा ह्यारी दम्पत्तिले बोल्दै आएका छन् ।

बेटरअप कम्पनीमा ह्यारीको भूमिका प्रडक्ट रणनीति सम्बन्धी निर्णय तथा च्यारिटी योगदानका विषयमा आफ्नो राय दिनु र मानसिक स्वास्थ्यका विषयमा सार्वजनिक रुपमा पैरवी गर्नु रहेको छ।

उक्त कम्पनीमा राजकुकमार ह्यारीलाई कति तलब दिइनेछ भन्ने बारेमा चाहिँ केही खुलाइएको छैन । कम्पनीका सीईओ एलेक्सी रोबिचउक्सले वाल स्ट्रिट जर्नलसँग कुराकानी गर्दै ह्यारीको भूमिका अर्थपूर्ण रहेको बताएका छन् ।

कम्पनीले उपलब्ध गराएको प्रशिक्षणबाट आफू व्यक्तिगत रुपमा पनि लाभान्वित भएको ह्यारीले उल्लेख गरेका छन् । बेटरअप कम्पनीका कार्यकारी तहको जागिरका अलावा ह्यारी दम्पत्तिले आफ्नै कम्पनी पनि खोलेका छन् ।