१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योतिषका कारण प्रभासको ‘सालार’ र शाहरुखको ‘डंकी’ एकैदिन भिड्दै !



अ+ अ-

एजेन्सी । ‘सालार भाग–१’ लामो समयदेखि चर्चामा छ । प्रभास स्टारर एक्सन ड्रामा फिल्मलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा छ । एकातिर फ्यानमा सालारको क्रेज छ भने अर्कोतिर फिल्मको शाहरुख खान स्टारर ‘डंकी’सँगको भिडन्त रहेको छ ।

यसैबीच सालारका निर्माता होम्बल फिल्म्सले प्रभास स्टारर फिल्मको रिलिज मितिबारे आफ्नो धारणा व्यक्त गरेको छ ।

सालारका निर्माता विजय किर्गन्दुरले एक मनोरञ्जन समाचार पोर्टलसँग कुरा ग रे। जहाँ विजयले भने –‘हामीले प्रदर्शक र निर्मातासँग बैठक गरिसकेका छौं । जब हामीसँग एकल रिलिज हुन्छ, कब्जा ६०–७० प्रतिशत हुन्छ । ‘एक्वाम्यान’ले केही स्क्रिनहरू पाउनेछन्, तर जहाँसम्म सालारडंकीको सवाल छ, हामी आशा गर्छौं कि उनीहरूले ५०–५० प्रतिशत स्क्रिन सेयर गरे भने राम्रो हुनेछ । अकुपेन्सी ९०–१०० प्रतिशत भए दुवै फिल्मले राम्रो नतिजा ल्याउन सक्छ ।’

सालारका निर्माताहरूले ज्योतिषीय कारणले गर्दा प्रभास स्टारर फिल्म रिलिजको मिति २२ डिसेम्बर रोजेको बताएका छन् । सालार निर्माताले अन्तर्वार्तामा भने– ‘हामीले हाम्रो मान्यता अनुसार मिति घोषणा गरेका छौं, त्यसैले हो, हामी यसमा विश्वास गर्छौं । हामीले विगत १०–१२ वर्षदेखि यसरी नै हाम्रा मितिहरू योजना गर्दै आएका छौं र भविष्यमा पनि गर्नेछौं । त्यसैगरी, हामीले २२ डिसेम्बरको मिति पनि घोषणा गर्यौं र त्यसैले हामीले डंकी र एक्वाम्यान आउँदा डिसेम्बर २२ भन्दा एक दिन अगाडि पनि तयारी गरेका छैनौं ।’