२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर लिग फुटबलमा झापाको पहिलो जित



अ+ अ-

काठमाडौँ । जोेर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा झापाले आफ्नो पाँचौँ खेलमा एएफसी बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

सान्चेजले खेलको पहिलो हाफको ३९ औँ मिनेटमा गरेको एक गोल नै झापाका लागि निर्णायक गोल सावित भयो । अन्जन विष्टको पासमा सान्चेजले गोल गरेका हुन् । यो जितसँगै झापाले पाँच अङ्क जोडेको छ । यसअघि भएका चार खेलमा झापाले तीन बराबरी तथा एक खेलमा हार ब्यहोरेको थियो । त्यस्तै प्रतियोगितामा ६ खेल खेलेको बुटवलको ७ अङ्क बटुलेको छ । रासस