६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जम्मू–कश्मीरमा विधानसभा निर्वाचन गर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

जम्मू–कश्मीरमा विधानसभा निर्वाचन गर्न भारतीय सर्वोच्च अदालतको निर्देशन
अ+ अ-

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले सोमबार जम्मू–कश्मीरमा धारा ३७० को खारेजीलाई सदर गर्दै भारतीय निर्वाचन आयोगलाई ३० सेप्टेम्बर २०२४ भित्र विधानसभा चुनाव गर्न निर्देशन दिएको छ ।

सर्वोच्च अदालतले पनि लद्दाखलाई केन्द्र शासित प्रदेशको रूपमा पुनर्गठित गर्ने निर्णयलाई सदर गरेको छ भने जतिसक्दो चाँडो राज्यको बहाली गर्न भनेको छ ।

प्रधान न्यायाधीश चन्द्रचूड, न्यायाधीश सञ्जय किशन कौल, सञ्जीव खन्ना, बीआर गवई र सूर्यकान्तको संवैधानिक इजलासले उक्त फैसला सुनाएको हो ।

प्रधान न्यायाधीश डीवाई चन्द्रचूडले सोमबार फैसला सुनाउँदै भन्नुभयो, “अदालत केन्द्र सरकारलाई भारतीय निर्वाचन आयोगले पुनर्गठन अधिनियमको धारा १४ अन्तर्गत गठित जम्मू र कश्मीरको विधान सभाको चुनाव ३० सेप्टेम्बर २०२४ भित्र सम्पन्न गर्न कदम चाल्न र छिट्टै राज्य सरकारको गठन गर्न निर्देशित गर्छ ।

भारत सरकारको प्रतिनिधित्व गर्ने सोलिसिटर जनरलले जम्मु काश्मिरलाई राज्यको दर्जा पुनस्र्थापित गरिने र केन्द्र शासित प्रदेशको रूपमा यसको दर्जा अस्थायी भएको बताउनुभएको छ ।

उहाँले जम्मु–कश्मीरलाई राज्यको दर्जा पुनस्र्थापित गर्दा केन्द्र शासित प्रदेश लद्दाखको स्थिति प्रभावित नहुने बताउनुभयो ।

“सोलिसिटर जनरलले जम्मु–कश्मीरलाई राज्यको दर्जा पुनस्र्थापित गर्ने भनी दिएको निवेदनलाई ध्यानमा राख्दै जम्मू–कश्मीर राज्यलाई लद्दाख र जम्मु–कश्मीरलाई दुई केन्द्र शासित प्रदेशमा रूपान्तरण गर्न धारा ३ अनुसार अनुमति छ कि छैन भनेर निर्धारण गर्न आवश्यक छैन,” सर्वोच्च अदालतको फैसलामा भनिएको छ ।

कुनै पनि राज्यबाट एक क्षेत्रलाई अलग गरेर केन्द्र शासित प्रदेश बनाउन अनुमति दिने हुँदा लद्दाखलाई केन्द्र शासित प्रदेशको रूपमा कायम राखिएको र यो अनुच्छेद ३ ९ए० अनुरूप हुने फैसलामा उल्लेख छ ।

फैसलामा भनिएको छ, “भारतको प्रतिनिधिमूलक लोकतन्त्रको सर्वोपरि विशेषताका रुपमा रहेको विधान सभाको प्रत्यक्ष निर्वाचनलाई राज्यको दर्जा बहाल नहुञ्जेलसम्म स्थगित गर्न सकिदैन ।”

सर्वोच्च अदालतले जम्मु–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संविधानको धारा ३७० खारेज गर्ने केन्द्र सरकारको निर्णयलाई सदर गर्दै भनेको छ, “कुनै पनि राज्यको तर्फबाट केन्द्र सरकारले लिने हरेक निर्णय कानुनी चुनौतीको अधीनमा हुन सक्दैन र यसले राज्यको प्रशासनलाई ठप्प पार्नेछ ।”

सन् २०१९ ५ अगस्टमा, केन्द्र सरकारले अनुच्छेद ३७० अन्तर्गत प्रदान गरिएको जम्मू र कश्मीरको विशेष दर्जा खारेज गर्ने घोषणा गरेको थियो र यस क्षेत्रलाई दुई केन्द्र शासित प्रदेशहरूमा विभाजन गरेको थियो ।

न्यायाधीश सञ्जय किशन कौलले सन् १९८० को दशकदेखि राज्य र गैरसरकारी पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन र प्रतिवेदन दिन निष्पक्ष सत्य निरुपण तथा मेलमिलाप समिति गठन गर्न र मेलमिलापका उपायहरू सुझाउन सुझाव दिनुभएको छ ।

न्यायाधीश कौलले फैसलामा भन्नुभएको छ, “घाउ निको पार्ने दिशामा पहिलो कदम भनेको राज्य र यसका तत्वहरूद्वारा गरिएका उल्लङ्घनका कार्यहरूको स्वीकारोक्ति हो र सत्य बोल्दा मेलमिलापको मार्ग प्रशस्त हुन्छ ।

उहाँले जम्मु काश्मिरका युवा र जनताले धेरै कष्ट भोगेको र घाउ निको पार्नुपर्ने भन्दै ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ कसरी गठन गर्ने भन्ने विषयको संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले निर्णय गर्ने हो’ । रासस