२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद विज्ञान प्रतिष्ठानका लेखा अधिकृत शाहको निधन



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका लेखा अधिकृत विकासविक्रम शाहको आइतबार निधन भएको छ । ४५ वर्षे शाहको हृदयघाटका कारण निधन भएको हो ।

शाहको निधनको शोकमा आइतबारै राखेप हातामा श्रद्धाञ्जली सभा राखिएको थियो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्यहरु रिम रानाभाट, सुभाष श्रेष्ठ, हरि खड्का, रेणुका श्रेष्ठलगायत कर्मचारीले शाहको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । सोमबार खेलकुदका सम्पूर्ण कार्यालय बन्द रहने  छन् ।

शाह २०५३ साल असोज ४ गते लेखापाल पदमा राखेपको स्थायी सेवामा प्रवेश गरेका थिए । शाहलाई २०७० साल असोज ३१ गते लेखा अधिकृतमा विशेष बढुवा गरिएको थियो । शाहको पार्थिव शरीरलाई आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । शाहका श्रीमति र छोरी छन् ।