२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबारसम्बन्धी नियामावली संसोधन



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धि एकीकृत परिपत्र–२०७८ संशोधन गरेको छ ।

बैँकले आज सोमबार देखि लागू हुनेगरी विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ संशोधन गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम इजाजतपत्र प्राप्त गरी विदेशी विनियमको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थालाई इजाजतपत्र प्रदान गर्ने एवम् निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले विदेशी विनिमयहरू ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली संशोधन गरेको छ ।

संशोधित व्यवस्था बमोजिम इजाजतपत्र प्राप्त गर्ने बैंक तथा वित्तीय तथा अन्य कम्पनीहरूले बुझाउनुपर्ने शुल्क तथा बैंक धरौटीको व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ । विदेशी विनिमय कारोबार गर्ने वाणिज्य बैंकहरुले एकमुष्ट ५ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने र राष्ट्रिय स्तरका विकास बैंकहरुले एकमुष्ट एक लाख रुपैयाँ बुझाउनुपर्ने तोकिएको छ । यस्तै, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले एकमुष्ट बीस हजार रुपैयाँ बुझाउनुपर्ने भनिएको छ ।