२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वस्तिमा खड्का र अर्पण थापा स्टारर ‘चिसो मान्छेको’ सुटिङ प्याकअप



अ+ अ-

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’को सुटिङ प्याकअप भएको छ । 

फागुन १७ गते मुहूर्त गर्दै ललितपुरबाट सुरु गरिएको फिल्मको छायांकन शनिबार बझाङ पुगेर सकिएको हो । क्यामेरा ‘अन’ भएको २७ दिनमा फिल्मको सुटिङ प्याकअप भएको फिल्मका निर्देशक दीपेन्द्र के. खनालले बताए । 

फिल्ममा अनुभवी कलाकारहरु भएका कारण समयमै छायांकन सकिएको उनी बताउँछन् ।

केही समयपहिले चर्चामा रहेको फिल्म ‘आमा’की निर्मात्री शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का र अर्पण थापासँगै देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको पनि अभिनय रहेको छ । 

फिल्मको कथा, पटकथा, संवाद र छायांकन निर्देशक खनाल स्वयंले गरेका छन् । उनले फिल्म सोचेको जस्तै बनेको पनि बताएका छन् । 

कोरोना महामारीका बेला झेल्नुपरेको लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथालाई फिल्ममा प्रस्तुत गरिनेछ । फिल्मलाई आउँदो भदौ ११ गते प्रदर्शनमा ल्याइने बताइएको छ ।