२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जित्यो त्रिदेशीय कप फुटबलको उपाधि



अ+ अ-

काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि नेपालले जितेको छ । दशरथ रंगशालामा सोमबार बेलुका भएको उक्त खेलमा आयोजक टोली नेपालले बंगलादेशलाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको हो । 

खेलको १७ औं मिनेटमा नेपालका लागि सन्जोग राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनी डेब्यु गरेको दोस्रो खेलमा गोल गर्न सफल रहे । यस्तै ४१ औं मिनेटमा विशाल राईले गोल गरे । उनले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । यस्तै खेलको ८२ औं मिनेटमा बंगलादेशका महबुब रेहमानले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए । \

खेलमा निकै नै दबदबा राखेको नेपालले गोल गर्ने थुप्रै अवसरहरु पाएको थियो । खेलको ७ औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । 

यस्तै १६ औं मिनेटमा अनन्त अनन्त तामाङले हेडमार्फत प्रहार गरेको बल बंगलादेशका गोलकिपरले बललाई पञ्च गरेर पोस्टबाहिर फालेका थिए । यस्तै २९ औं मिनेटमा अञ्जन बिस्टले पनि गोल गर्ने राम्रो अवसर गुमाउन पुगे । 

उनले बललाई चिप गरेर पोस्टमाथि फ्याँक्न पुगेका थिए । ४४ औं मिनेटमा अनन्त तामाङले गोल गर्ने राम्रो अवसर पाएका थिए । खेलको ७० औं मिनेटमा रवि पासवानले गोल गर्ने अवसर गुमाउन पुगेका थिए । यस्तै खेलको ८७ औं मिनेटमा बंगलादेशका कप्तान जमालले फ्रिकिकबाट राम्रो गोल गर्ने प्रयास गरेका थिए । उक्त बल पोस्टबाट बाहिरिन पुगेको थियो ।

यसैबीच नेपाल राष्ट्रिय फुटबल टिमका कप्तान बिराज महर्जनले सन्यास लिने घोषणा गरेका छन् । उनले नेपालका लागि सर्वाधिक क्याप लिँदै राष्ट्रिय टिमबाट सन्यास लिएका छन् ।