८ भाद्र २०८३, सोमबार
,
Latest
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनालाई हराउँदै जिरोना ला लिगाको शीर्षस्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना घरेलु मैदानमै जिरोनासँग ४–२ गोलले पराजित भएको हो ।

खेलको १२ औं मिनेटमा अर्टम डोवभीकले गोल गर्दै जिरोनालाई सुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए ।

यता, ४० औं मिनेटमा मिग्वेल गुटिरेज, ८० औं मिनेटमा भेलरी फर्नान्डेजले र ९०+५ औं मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गर्दै जिरोनालाई सानदार जित दिलाए ।

९०+२ औं मिनेटमा बार्सिलोनाका इल्काए गुन्डोवानले गोल गरेपनि उनको गोलले बार्सिलोनाले ४–२ गोलको हार ब्यहोर्यो ।

जितसँगै जिरोना अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको १६ खेलबाट ४१ अंक छ । ३९ अंकका साथ रियल मड्रिड दोस्रो स्थानमा रहँदा पराजित बार्सिलोना ३४ अंकका साथ चौंथो स्थानमा छ ।