२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेनुका पौडेललाई बहुप्रतिक्षित भारतीय फिल्म ‘सालार’मा गीत गाउने अवसर



अ+ अ-

काठमाडौं । भारतको गायन रियालीटि शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले बहुप्रतीक्षित भारतीय फिल्म ‘सालार’मा गीत गाउने मौका पाएकी छन् ।

आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले यसबारे जानकारी दिएकी हुन् ।

सोनी टेलिभिजनबाट प्रशारित यस शोले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारण गरेको थियो ।

‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् । उनले भनेकी छन् – मेरो पहिलो प्लेब्याक गायनका लागि पहिलो गीत गाइरहेको छु । मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु ।’

इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी मेनुका जज र गेस्टको नजरमा पर्दै आएकी छन् । साथै उनिहरुले मेनुकाको खुलेर तारिफ गर्दै आएका छन् ।