२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको प्रश्न: काँग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको बताउनुभएको छ ।

आईतवार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले आजको दिनमा कुशासनबाट नागरिकहरु वाक्कदिक्क भएको बताउनु भयो । उहाँले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दु:खद् भएको बताउनु भयो । उहाँले काँग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका यति धेरै घटना किन भइरहेको छन् ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको दिनमा कुशासन, एउटा नागरिकलाई र्‍यान्डम्ली गएर कसैले भेट्यो भने नागरिक सबैभन्दा बढी आजित केही कुराले भएको छ भने कुशासनले भएका छन् । एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ । केही समयअघिसम्म एउटा काण्ड जताततै थियो । सुन काण्ड थियो, नक्कली भूटानी शरणार्थी प्रकरण थियो । अब एनसेल काण्ड आयो । अब यो केही दिन यही चल्छ । यो सेलाउन पाएको छैन, अर्को आउँछ । यो काण्ड कुशासनसँग जोडिएको छ । कुशासन की नियतसँग जोडिएको छ की अयोग्यतासँग जोडिएको छ । शासन हामीले गरिरहेका छौँ । सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो । त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन् । यति धेरै काण्डहरु किन भइरहेको छन् ? जरामा के छ ? समस्या कहाँनेर छ ? के कारणले गर्दा आएको छ ? मलाई लाग्छ नेपाल पुकारले त्यसको जरामा पुग्नुपर्छ ।’

महामन्त्री थापाले काँग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताउनु भयो ।