११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ : अध्यक्ष थापा

हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ : अध्यक्ष थापा
अ अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा पार्टीको केन्द्रिय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताउनुभएको हो ।

उहाँले हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाको एजेण्डाको मुख्य संवाहक आफूहरु नै भएको भन्दै यसको निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको बताउनुभएको हो । उहाँले हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको बताउनु भयो । अबको विकल्प राजसंस्था सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र दुई तहको सरकार भएको उहाँको भनाई छ । उहाँले यसको निम्ति सम्पूर्ण जनताहरुलाई सडकमा आउन अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको एजेण्डाको मुख्य संवाहक राप्रपा नेपाल भएको । हामीले नै अब यो एजेण्डा स्थापित गर्नका निमित्त आन्दोलन नै अन्तिम विकल्प भएको ठहर गरेको र त्यो लक्ष्य प्राप्त गर्नको निमित्त बृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्छ भनेर हामीले नै अग्रसरता लिएको सबै साथीहरुलाई जानकारी नै छ । संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था असफल भइसकेको छ । यो भ्रष्ट व्यवस्थाको जनताले विकल्प खोजेका छन् । त्यो विकल्प भनेको राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहको सरकार हो । यो सन्देश हामीले आम जनता समक्ष दिनुपरेको छ । अर्थात् संघीय गणतन्त्र नामको व्यवस्था असफल भयो । अब हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र अनिवार्य छ । यो उद्देश्य प्राप्त गर्नको निमित्त आन्दोलनबाहेक अर्को विकल्प छैन । तसर्थ सम्पूर्ण जनता सडक संघर्षमा आउनु जरुरी छ । र यो लक्ष्य प्राप्त गर्नको निमित्त केवल राप्रपा नेपालको एक्लो प्रयासले मात्रै सम्भव छैन । हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापना गर्न चाहने र सुशासनको माध्यमबाट आर्थिक समृद्धि चाहाने सबै राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी दल, समूह र पक्षहरु समावेश भएको मोर्चा निर्माण गरेर आन्दोलनलाई अगाडी बढाउनुपर्दछ ।’

अध्यक्ष थापाले राप्रपा नेपाल संगठनात्मक रुपमा कमजोर भएको बताउनु भयो । अझैपनि पालिका तहसम्म पार्टी कमिटी गठन हुन नसकेको र जिल्लाका कमिटीहरु पनि अपेक्षाकृत रुपमा सक्रिय हुन नसकेका बताउनु भयो । भातृसंस्था र विभागहरु पनि निस्क्रिय भएका भन्दै अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।