११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

लोसपा केन्द्रिय समिति बैठक जारी, राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने

लोसपा केन्द्रिय समिति बैठक जारी, राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

आईतवार काठमाडौंमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने भएको हो । संगठनलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा पनि बैठकमा प्रश्ताव प्रश्तुत गरिएको छ । साथै बैठकमा पार्टीको विधान पुनरावलोकन गर्ने र पार्टीका आन्तरिक गतिविधिका लागि प्रश्ताव आएको पार्टीका महासचिव केशव झाले बताउनु भयो ।

उहाँले बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने बताउनु भयो । उहाँले पार्टीको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रिय समितिमा स्थापनाकालदेखिका नेताहरुको नाम नराखिएकोप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिको बैठकमा खास गरेर राष्ट्रिय सभाको निर्वाचनलाई लिएर केन्द्रिय समितिको निर्णय दिनुपर्ने भएकाले यो बैठक बसेको हो । राष्ट्रिय सभाको निर्वाचनमा भाग लिनलाई केन्द्रिय समितिबाट निर्णय गर्नुपर्ने छ । संगठनलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा केही प्रश्ताव प्रश्तुत भएको छ । पार्टीको विधान पुनरावलोकन गर्ने सन्दर्भमा पार्टीका आन्तरिक गतिविधिका लागि प्रश्ताव आएका छन् । संगठन सुदृढिकरणका लागि पनि प्रश्ताव आएका छन् । वरिष्ठ नेता राजेन्द्र महतोले बैठक बहिष्कार गर्नुभएको छ । उहाँलाई आउनुअघि पनि आग्रह गर्दा यसअघि पदाधिकारी समितिको बैठक भयो त्यसमा आफ्ना कुरा राखेको थिएँ, जसअन्तर्गत उहाँसँग ३५ वर्षदेखि स्थापनाकालदेखिका नेताहरुको नाम केन्द्रिय समितिमा छोडियो । त्यसकारण तत्काल सम्बोधन गर्नुपर्छ भनेको थिएँ, सम्बोधन गर्छु भन्नुभएको थियो, तर भएन र बैठक बोलाउनुभयो, म त्यसैकारणले बैठकमा नआएको भन्नुभएको छ ।’

महासचिव झाले ३५ वर्षदेखिका सहकर्मीहरुलाई केन्द्रिय सदस्यमा राख्नुपर्ने प्रश्ताव आफूले गर्दा पार्टी अध्यक्ष महन्थ ठाकुरले बेवास्ता गरी बैठक बोलाएपछि आफू बैठकमा आउन नसकेको जानकारीवरिष्ठ नेता महतोले गराएको पनि बताउनु भयो ।