२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाधिक सफल कप्तानको परिचय पाएका विराज महर्जनको फुटबल यात्रा



अ+ अ-

काठमाडौं । सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । 

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिने बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन्यासको घोषणा गर्नुभएको हो । उपाधि जितेको नेपाललाई खुुसी सँगै विराजको सन्यासले केही भावुक पनि बनायो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याच विराज महर्जनले सोमबार ७३औं अन्तर्राष्ट्रिय खेल करियर खेल्दै सन्यासको घोषणा गर्नुभएको छ । दशरथ रंगशालामा सोमबार त्रिदेशीय कप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशको टोलीलाई २–१ ले हराउँदै उपाधि दिलाएसँगै विराजले सन्यासको घोषणा गर्नुभएको हो । अन्तिम पटक दशरथ रंगशालामा राष्ट्रिय जर्सीमा देखिएका विराजलाई समर्थकले सम्मान दिएका थिए । 

डेढ वर्षे अन्तर्राष्ट्रिय गोलविहिन नेपाली फुटबलको यात्रालाई पूर्णविराम लगाउँदै नेपालले ३७ वर्ष पछि नेपाली मैदानमा अन्तर्राष्ट्रिय उपाधि उचाल्दा विराजलाई सुखद अन्त्यको सुनौलो अवसर पनि मिल्यो । उपाधि उचाल्दै फुटबल करियरलाई अन्त्य गर्न पाउँदा विराज खुसी सँगै भावुक पनि हुनुभएको थियो ।

बंगलादेशविरुद्धको फाइनल खेलमा विराजले नेपालका लागि खेलेको ७३औं प्रतिस्पर्धा रह्यो । बैकल्पिक  खेलाडीका रूपमा ९०औं मिनेटमा मैदानमा प्रवेश गरेर अन्तिम खेल सुखद बनाउने अवसर विराजले पाउनुभएको हो । सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा डेब्यु गरेका विराजले यस अघि राजु शाक्यको नाममा रहेको ६८ क्यापलाई उछिनेर नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बन्नुभएको छ ।   

कुल १८ पटक नेपाली टोलीको कप्तानी सम्हालेका विराजले २०१५ केरालामा भएको साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा कप्तानको आर्मब्यान्ड पहिरिनु भएको थियो । विभिन्न क्लब र राष्ट्रिय टोलीमा इन आउट हुँदै फुटबल खेल्नु भएका विराजले यस अघि अन्तिम पटक सन २०१९ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नु भएको थियो । थ्री स्टार, मनाङ मस्र्याङ्दीका लागि तीन लिग उपाधि दिलाउनुभएएका विराजको कप्तानीमा सन २०१६ मा बंगबन्धु गोल्डकप र सोही वर्षको सोलिडारिटी कपको उपाधि नेपाले हात पारेको थियो । नेपालले १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण पदक जित्दा विराजन नै कप्तान रहनु भएको थियो । सोही आधारलाई मान्दा विराज सर्वाधिक सफल खेलाडीको परिचय बनाउन सफल हुनु भएको छ । सन्यासको घोषणा गर्नुचएका विराजले फुटबल गतिविधिबाट टाढा रहन नसक्ने प्रतिक्रिया दिनुभयो ।

खेलकुदलाई जीवन अपर्ण जो कोही खेलाडीलाई सन्यासको घोषणा गर्नु निकै पिडाको क्षण हुने गर्दछ । सफल रक्षकको गनिने विराजलाई नेपाली फुटबलले सफल कप्तान र अनुशासित खेलाडीको रुपमा सधै सम्झिरहनेछ ।