१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तृप्ती डिमरीको एक हप्तामै बढ्यो १९ लाख फलोअर्स



अ+ अ-

एजेन्सी । सेन्सर बोर्डले बलिउड फिल्म ‘एनिमल’लाई एडल्ट सर्टिफिकेट दिएको कुरा पहिले नै स्पष्ट भइसकेको थियो । फिल्ममा अभिनेत्री तृप्ती डिमरीको भूमिकालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

फिल्ममा, उनी दोस्रो हाफमा छोटो समयको लागि आउँछिन् र कथामा ठूलो ट्विस्ट सिर्जना गर्दछिन् । तर यो ट्विस्टको क्रममा उनले रणबीर कपूरसँग लभ मेकिंग सीन गरेकी छिन्, जसमा तृप्ती र नायक दुबै ओछ्यानमा नग्न देखिएका छन् । यो दृश्यले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ । फिल्मको यो दृश्यको क्लिपिङ भाइरल भएपछि अहिले मानिसहरू खोज्दैछन् को हुन् तृप्ती डिमरी ?

यसैबीच यो फिल्मपछि तृप्तीको सामाजिक सञ्जाल इन्स्टाग्राममा एकै हप्तामा १९ लाख फलोअर्स बढेका छन् । ७ लाख ११ हजार फलोअर्स रहेकी तृप्तीको यो संख्या ह्वात्तै बढेर २७ लाख पुगेको छ ।

रणवीरसँगको यो इन्टिमेट सीनले तृप्तीलाई रातारात यति चर्चित बनाएको छ कि मानिसहरू उनको अघिल्ला फिल्महरूबारे जान्न चाहन्छन् । यदि तपाईंले हिन्दी सिनेमामा मसाला फिल्महरू मात्र पछ्याउनुहुन्छ भने, तपाईंलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि एनिमलमा क्यारेक्टर आर्टिस्टको रूपमा सानो भूमिका गरेकी तृप्ती यसअघि चारवटा फिल्ममा नायिकाको भूमिकामा देखिइसकेकी छिन् ।

उनको करियर छ–सात वर्षको छ । उनी पहिलो पटक श्रीदेवीको अन्तिम फिल्म ‘मम’मा सानो भूमिकामा देखिएकी थिइन् । त्यसपछि उनी सन्नी देओल, बबी देओल र श्रेयस तलपदेको फिल्म ‘पोस्टर ब्वाईज’मा देखिएकी थिइन् । तर उनको करियरलाई ठूलो उकास भयो जब निर्देशक इम्तियाज अलीले उनको फिल्म लैला–मजनुनमा मुख्य भूमिका दिए । तर यी फिल्महरु फ्लप भए ।

यसपछि तृप्तीले ओटीटीमा रिलिज भएका दुई फिल्म बुलबुल (२०२०) र काला (२०२२) मा मुख्य भूमिका निभाइन् । दुवै फिल्ममा उनको कामको निकै प्रशंसा भयो तर बलिउडका मुख्यधारका फिल्मका दर्शकमाझ उनी परिचित हुन सकिनन् । तर अब एनिमलले एकै चोटि सबै कुरा परिवर्तन गर्यो । फिल्ममा रणबीर कपूरसँगको लभ मेकिंग सीनमा उनको नग्न उपस्थिति चर्चामा छ ।

तृप्तीको दृश्यको क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । मानिसहरु सर्च इन्जिन र सोशल मिडियामा तृप्ती डिमरीलाई खोजिरहेका छन् ।