२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी



अ+ अ-

बेइजिङ । कार्बन डाइअक्साइड उत्सर्जनको चरम अवस्थामा पुग्ने लक्ष्यसहित चिनियाँ सरकारले बुधबार पाइलट सहर तथा उच्च प्रविधियुक्त औद्योगिक विकास पार्कहरूको पहिलो समूहको सूची जारी गरेको छ ।

सूचीको घोषणा सन् २०३० सम्म कार्बन डाइअक्साइड उत्सर्जनलाई चरम अवस्थामा पुर्याउने सरकारको योजना कार्ययोजनाअनुसार गरिएको र उक्त सूची सोही आधारमा तयार गरिएको चीनको शीर्ष आर्थिक योजनाकार राष्ट्रिय विकास तथा सुधार आयोग (एनडिआरसी) ले उसको वेबसाइटमा जनाएको छ ।

सूचीमा परेका सहरहरूमा झाङजियाको, ताङसान, चेङ्दे, ताइयुआन, एर्दोस, बाओटौ, सेनयाङ, डालियान, हेइहे, यानचेङ, हाङ्जो, हुझोउ, बोझोउ, किङदाओ, यन्ताई, सिनजियाङ, जिनयाङ, जियानगयाङ, सियान, चाङ्सा, जियाङ्टन, सेन्जेन, युलिन र करामाय रहेका छन् ।

घोषणाअनुसार सूचीमा सामेल १० उच्च प्रविधियुक्त औद्योगिक विकास पार्क चाङ्झी, चिफेङ, हार्बिन, सुजौ, नानजिङ, हेफेई, देझोउ, झाओकिङ, जिक्सियन न्यु एरिया र कुक्का सहरहरूमा रहेका छन् । रासस