२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूरोडस्थित सुन गाल्ने कारखानामा प्रहरीको छापा, करिब ७ किलो सुन बरामद



अ+ अ-

काठमाडौँ । प्रहरीले न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो । प्रहरीले उक्त कारखानाबाट करिब ७ किलो अवैध सुन बरामद गरेको छ ।

सञ्चालक ४१ वर्षीया पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । सुन अनुमानित ७ किलो रहेको प्रहरी स्रोतले जनाएको छ ।

बरामद गरिएको सुनबारे भने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।