२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ५ पुग्यो, विमानस्थल बन्द



अ+ अ-

एजेन्सी । भारतको दक्षिणी शहर चेन्नईमा भारी वर्षा र आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

उनीहरुकाअनुसार चेन्नई अन्तर्राष्ट्रिय विमानस्थल मंगलवारसम्म बन्द गरिएको थियो भने विमानस्थलमा घुँडासम्म पानीले भरिएको थियो । विपरीत मौसमको कारण भारतीय समयअनुसार बिहान ९ बजेसम्म एयरफिल्ड आगमन र प्रस्थान सञ्चालनका लागि बन्द गरिएको छ ।

चेन्नईमा सामान्य जनजीवन अवरुद्ध भएको छ । स्थानीय सरकारी अधिकारीहरूले गर्भवती महिला र वृद्धवृद्धा र तल्लो क्षेत्रमा बसावबास गर्नेहरूलाई उद्धार गरेको बताएका छन् । बाढीपीडितको पुन:स्थापनाका लागि सहरभर अस्थायी टहरा निर्माण गरिएको छ ।

मिचाउङ आँधीले बंगालको खाडीको छेउछाउको पूर्वी तटमा रहेका भारतका तीन फरक राज्यहरू, तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशका धेरै क्षेत्रहरूमा प्रतिकुल असर पार्ने सम्भावना छ ।