२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीबाट गायीका मेनुका पौडेललाई सफलताको लागि शुभकामना



अ+ अ-

काठमाडौैँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार मेनुका पौडेलको गायन यात्राको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक संञ्जाल मार्फत पूर्वराष्ट्रपति भण्डारीले जन्मजात दृष्टिविहीन रहनुभएकी मेनुका पौडेलको सङ्गीतप्रतिको यो लगाव, यसका लागि उहाँले गर्नुभएको कठीन संघर्ष र उहाँले हासिल गर्नुभएको यो सफलताले नेपाली किशोर–किशोरी एवं युवा युवतीलाई आफ्नो रूचिको क्षेत्रमा गम्भिरतापूर्वक लागि पर्न प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।

भारतीय टेलिभिजन गायन प्रतियोगिता-इण्डियन आइडल, सिजन १४ को प्रतिस्पर्धीको रूपमा झापा हल्दिबारीकी युवा गायिका मेनुका पौडेलले आफ्नो उत्कृष्ट गायनकलाको माध्यमबाट सबैको मन जित्न सफल हुनुभएको छ ।

उहाँले मेनुकाको गायकीबाट प्रतियोगिताका मूल्याङ्कनकर्ता लगायत अतिथिका रूपमा आउने भारतीय सङ्गीत एवं चलचित्र क्षेत्रका ठूला ठूला हस्तीहरूसमेत मन्त्रमुग्ध हुनेगरेको कुरा उक्त कार्यक्रम हेर्ने सबैलाई विदितै रहेको जनाउनु भएको छ ।