२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङक्ले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो ।

आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको कारोबार भएको छ ।

आज जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५७ र होटल तथा पर्यटन समूह एक दशमलव ७१ प्रतिशतले घटेको छ ।

सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विशालबजार कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेडको रु ३६ करोड २९ लाख ५७ हजार चार सय २४ बराबरको आठ लाख ३१ हजार तीन सय ५० कित्ता शेयर किनबेच भएको छ । रासस




भर्खरै