२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन दुई हजार चार सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको तेस्रो दिन मंगलबार सुन–चाँदीको मूल्य घटेको छ । सोमबार नयाँ ऐतिहासिक मूल्य कायम गरेको सुनको मूल्य आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार नयाँ रेकर्ड बनाउदै छापावाल सुन प्रतितोला एक लाख २१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।