६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग

अस्मिताको ४५ दिने अमेरिका टुर: गरिन् १२ सहरमा कन्सर्ट

अस्मिताको ४५ दिने अमेरिका टुर: गरिन् १२ सहरमा कन्सर्ट
अ+ अ-

टेक्सस । गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । ‘यूएसए फर्स्ट म्युजिकल यात्रा – भोल्युम वन’ नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो ।

नेपालीहरूका प्रमुख दुई पर्व दसैँ र तिहारको अवसरमा अक्टोबर २१ मा टेक्ससको डलासबाट सुरु भएको कन्सर्ट नोभेम्बर २५ मा भर्जिनियामा समापन भएको थियो । अधिकारीले पहिलो पटक अमेरिकामा आफ्नो प्रस्तुति दिएकी हुन् । एउटै यात्रामा अमेरिकाका १२ सहरहरूमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ । लाइभ एट प्रेजेन्स, प्लानेट थ्री फिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेशनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए ।

आयोजकका अनुसार ४५ दिनमा सबै कन्सर्टहरू सम्पन्न भएका छन् । छोटो समयमा धेरै स्थानमा र विश्वस्तरिय कन्सर्ट स्थलहरूमा कार्यक्रमको आयोजना भएका थिए । हरेक विकेन्डमा आयोजित ती सबै कन्सर्टमा नेपाली भाषी डायस्पोरा समुदाय, दोस्रो पुस्ताका नेपालीहरू र केही विदेशी नागरिकहरूसम्मको सहभागिता रहेको थियो । अस्मिताको अमेरिका यात्रा अत्यधिक सफल, मन्त्रमुग्ध कन्सर्ट र उत्कृष्ट रहेको प्रतिक्रिया प्राप्त गरेको आयोजक मध्ये एक शरद युवराज सिंहले बताए ।

ूयस क्षेत्रमा काम गरेको डेढ दशक भन्दा लामो अवधिको अनुभवमा हामीले गायिका अस्मितालाई कोमल आत्मा भएकी, मिलनसार, राम्रो संस्कारी र नेपाली डायस्पोरा समुदायलाई राम्रोसँग बुझ्ने व्यक्तिको रूपमा भेट्टायौूँ, सिंहले भने, ‘उनले आफूलाई यसरी स्थापित गर्दै गएकी छन् की जुन आजको सङ्गीतको बजारमा निकै दुर्लभ छ । हामीले उनको कन्सर्ट आयोजना गर्न पाएकोमा गर्व गरेका छौँ ।’नेपाललाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूसँग अझ नजिक ल्याउन अस्मिताले मद्दत गरिन् भन्ने आफ्नो विश्वास गरेको उनले बताए ।

अस्मिताले पछिल्लो समयको चर्चित गीत ‘काले केटाले’ सहित टाढा भए पनि, मेसो मिलाएर, रमरम मरौटी, उता परेली झिम झिम भो, फुलै फुल दिन्छौ कि लगायत दर्जनौँ गीतहरूले दर्शक झुमाएकी थिइन् ।