२८ भाद्र २०८३, आईतवार
,
Latest
बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप: बागमतीलाई हराउँदै आर्मी फाइनलमा



अ+ अ-

पोखरा । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाईनल खेलमा बागमतीले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ३९ रन बनाए। कुशल मल्लले ८ बलमा २७ रन बनाउदा विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ रन जोडे । सोमपाल कामी १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे ।

बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २विकेट लिए । प्रतिश जिसी , इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले समान १/१ विकेट लिए ।

यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेटकोे क्षतीमा १ सय २८ रन बनाएको थियो ।

बागमतीका लागी प्रतीक श्रेष्ठले अर्धशतकिय ईनिङ खेलेका थिए । उनले टीमको लागि सर्वाधिक ५० रन बनाएका थिए । कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ रन जोडेका थिए ।

बलिङतर्फ आर्मीका साहब आलमले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी २ र विवेक यादवले १ विकेट लिएका थिए ।

आर्मीले अब उपाधिका लागि दोस्रो सेमिफाईनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाईनलमा आज मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्दैछन् । फाइनल खेल शुक्रबार हुनेछ ।