२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको कार्यक्रममा जनसहभागिताका लागि पूर्वराजा शाहद्वारा धन्यवाद व्यक्त



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिवार बिर्तामोडमा आयोजित कार्यक्रममा व्यापक सर्वसाधारणको सहभागिताका लागि धन्यवाद व्यक्त गर्नुभएको छ ।

मेचीनगरस्थित होटल मेची क्राउनमा आइतबार आयोजित चियापान कार्यक्रममा पूर्वराजा शाहले जनसहभागिता जुटाउन खटिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्वलाई धन्यवाद दिएको राप्रपाका नेता सुरेश आचार्यले न्युजपोलारलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेको कार्यक्रम नै राजाबाट धन्यवाद व्यक्त गर्नका लागि आयोजना गरिएको हो। राजाबाट सबैप्रति आभार प्रकट भएको छ।’

शनिवार झापाको बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरणका कार्यक्रममा हजारौंको संख्यामा मानिस उपस्थित भएका थिए।

मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्‍यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई कार्यक्रम स्थल बिर्तामोडसम्म लगिएको थियो ।

पूर्णराजा शाह स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए । कार्यक्रमलाई सफल बनाउन भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन करिब १५ दिनदेखि झापामै हुनुहुन्छ ।

 

 

 




भर्खरै